बेसीशहर, कार्तिक २७
संविधानसभाको निर्वाचन आउन अब एक साता मात्र बा“की छ । दलहरु प्रचार प्रसारलाई अन्तिम चरणमा पुर्याउन क्रियाशील छन् । निर्वाचनका लागि प्रचार प्रसारमा ब्यस्त लमजुङमा क्रियाशील राजनीतिक दलका उमेदवारहरु आफ्नो प्रतिबद्धता र पार्टर्ीीे घोषणापत्र मतदाता समक्ष राख्नुको सट्टा विपक्षी दलको आलोचना गरेर मतदातालाई आकषिर्त गर्ने प्रयास गरिरहेका छन् ।
लमजुङका दर्ुइवटै निर्वाचन क्षेत्रमा पार्टर्ीी उमेदवारहरु अहिले गाउ“ गाउ“मा चुनावी सभा, घरदैलो अभियान र मतदाता भेटघाटमा ब्यस्त छन् । निर्वाचनको मिति नजिकि“दै गएको अवस्थामा दलका उमेदवार र नेता कार्यकर्ताहरुको ब्यस्तता निकै बढेको छ । गाउ“ गाउ“मा कोणसभा, आमसभा र मतदाता भेटघाटको क्रममा राजनीतिक दलका उमेदवारहरु आफ्ना कार्यक्रम र प्रतिबद्धताको सट्टामा विपक्षी पार्टर्ीीे आलोचना गरी मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।
एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, राप्रपा नेपाल, अखण्ड नेपाल पार्टर्ीीसंघीय समाजवादी पार्टर्ीी मुख्य गरी लमजुङमा प्रचार प्रसार तीब्र पारेका छन् । ठूला भनिएका सबै दलका नेता तथा उमेदवारहरुले अघिल्लो संविधानसभाबाट संविधान जारी गर्न नसकिनुको मुख्य दोष एकले अर्कोलाई लगाएर आफू पानीमाथिको ओभानो बन्ने प्रयास गरिरहेका छन् । विगतको संविधानसभामा सबै भन्दा ठूलो दल बनेको एमाओवादी, दोस्रो स्थानको नेपाली कांग्रेस र तेस्रो स्थानको एमालेसमेतले एकअर्कालाई दोषारोपण गर्न ब्यस्त छन् ।
एमाओवादीले नेपाली कांग्रेस र नेकपा एमालेलाई संविधान, गणतन्त्र, संघीयता र विकासको विरोधी भन्दै आफूमात्र सच्चा पार्टर्ीीएको दावी गरिरहेको छ । अब एमाओवादीले बहुमत पाएमात्र देशमा संविधान बन्ने दावी गर्दै आएको छ । सो पार्टर्ीी उमेदवारहरुले आफ्ना चुनावी कार्यक्रमका दौरान अघिल्लो संविधानसभाबाट संविधान बन्न नसक्नुमा कांग्रेस एमालेको अवरोध मुख्य कारण रहेकोले आफ्नो दललाई मतदान गर्न आग्रह गर्ने गरेका छन् ।
नेपाली कांग्रेसका उमेदवारहरु पनि एमाओवादी र नेकपा एमालेको आलोचना गर्न अरु भन्दा कम देखिएका छैनन् । नेपाली कांग्रेसका उमेदवाहरुले पनि एमाओवादी र एमालेका कारण अघिल्लो संविधान सभाबाट संविधान बन्न नसकेको आरोप लगाउने गरेका छन् । उनीहरुले नेपाली कांग्रेसको नेतृत्वको सरकार भएका बेला देशले विकास निर्माणमा फड्को मारेको कम्युनिष्टहरुले विकासको सट्टा देशलाई विनाश गरेको आरोप लगाउने गरेका छन् । कांग्रेसका उमेदवार तथा अन्य नेताहरुले चुनावी आमसभा तथा अन्य कार्यक्रमहरुमा कम्युनिष्टहरु गरिब, किसान र मजदुरको पार्टर्ीीन्ने गरे पनि उनीहरुले गरिब किसान र मजदुरको पक्षमा माखो नमारेको भन्दै आलोचना गर्ने गरेका छन् । उनीहरु कम्युनिष्टहरु देशको गरिबी हटाउनुको सट्टा देश र जनतालाई गरिबीमै राखेर उनीहरुको नाममा सधैं सत्तामा जान चाहने गरेको आरोप कांग्रेस उमेदवार तथा नेताहरुले लगाउने गरेका छन् ।
त्यसैगरि नेकपा एमालेका उमेदवार तथा नेताहरुले पनि एमाओवादी र नेपाली कांग्रेसको आलोचना गरेर मतदातालाई आफूतर्फआकषिर्त गराउने प्रयास गरिरहेका छन् । एमालेले अहिले देश एमालेको नीति अनुसार नै चलेको र एमाओवादीलाई शान्तिपर्ूण्ा राजनीतिमा ल्याउन र कांग्रेसलाई गणतन्त्रमा एमालेले नै ल्याएको दावी गरिरहेका छन् । तीन ठूला दलले एक अर्काको आलोचना गरेर मतदातालाई आफूतर्फतान्ने प्रयास गरिरहेकै बेला साना भनिएका दलका उमेदवारहरु भने तीन ठूला पार्टर्ीीको आलोचना गरी आफ्नो जनमत बढाउने प्रयासमा छन् । राप्रपाका नेताहरु तीन दलले देश विगारेर संविधान पनि दिन नसकेकाले अब जनताले राप्रपालाई जिताउनु पर्ने राप्रपाका उमेदवारहरुको तर्क छ । त्यस्तै राप्रपा नेपालले देशबाट राजतन्त्र हर्टाई धर्म निरपेक्ष बनाइएकाले देश अहिलेको अवस्थामा आएको भन्दै हिन्दू राज्य, संवैधानिक राजतन्त्रको नारा लगाइरहेको छ ।
संघीय समाजवादी पार्टर्ीी उमेदवारहरु तीन ठूला दल पहिचान सहितको संघीयता विरोधी भएकाले पहिचानसहितको संघीयताका लागि आफ्नो दललाई जिताउने दलिल पेश गरिरहेका छन् । सबै दलले एक अर्काको आलोचनामा धेरै समय खर्च गरे पनि आफ्नो पार्टर्ीीे घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई जनतासमक्ष पस्कन कन्जुस्याइ“ गरिरहेका छन् । निर्वाचन प्रचार प्रसारको ब्यस्तताले कतिपय उमेदवारहरुले आफ्नै पार्टर्ीीे घोषणा पत्रसमेत अध्ययन नगरेकाले घोषणापत्रको भन्दा मनको कुरा राखेर मतदातासंग मत मागिरहेका छन् ।
No comments:
Post a Comment