scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, November 13, 2013

मतदाता ओसार्दै मनाङी उमेदवारहरु, जसले धेरै ओसार्‍यो, जीत उसैको

बेसीशहर, कार्तिक २७
 आगामी संविधानसभामा मतदान गराउन मनाङका उमेदवारहरु मतदाता ओर्सार्न थालेका छन् । 
एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङका झण्डै आधाजसो मतदाताहरु काठमाण्डौं लगायत देशका विभिन्न भागमा बसोबास गर्ने भएकाले निर्वाचनमा मतदान गराउन उमेदवारहरु मतदाता ओर्सार्न ब्यस्त भएका छन् ।
भौगोलिक रुपले विकट र प्रतिकूल मौसमका कारण मनाङका बासीन्दाहरु मनाङमा भन्दा काठमाण्डौं लगायत देशका विभिन्न भागमा बसोबास गर्दछन् । त्यस्तै विदेशमा रहने मनाङीहरुको संख्या समेत उल्लेख्य मात्रामा रहेको छ । निर्वाचनको मुखैमा आएर जिल्ला बाहिर विभिन्न पेशा ब्यवसायमा रहेका मनाङीहरु अहिले धमाधम जिल्ला र्फकन थालेका छन् । र उनीहरुलाई फर्काउन मनाङका उमेदवारहरुले पनि भरमग्दुर कोशिस गरिरहेका छन् ।
मनाङका पत्रकार वि.पी. लामाका अनुसार मनाङको जनसंख्याको झण्डै आधाहिस्सा जिल्ला बाहिर बसोबास गर्दछ । त्यसै कारण हरेक निर्वाचनमा जिल्ला बाहिर बसोबास गर्ने मतदाताको मत नै निर्ण्र्ाा हुने गरेको छ । जुन उमेदवारले धेरै मतदाता जिल्लामा ल्याउन सक्यो उसैको विजय हुने भएकाले यतिबेला मनाङमा उमेदवारी दिएका पा“चै राजनीतिक दलका उमेदवारहरु मतदातालाई जिल्लामा ल्याउने प्रयासमा जुटिरहेका छन् ।
विगतका निर्वाचन ताका मोटर नपुगेकाले त्यतिबेलाका उमेदवारहरुलाई हेलिकोप्टर चार्टर गरी वा नेपाल बायुसेवाको विमान मार्फ मतदाता ओसार्ने बाध्यता परेको थियो । तर यसपालीको निर्वाचनमा मनाङ सदरमुकाम चामेसम्म मोटर चलेकाले मोटरमै मतदाता ओसार्ने काम भइरहेको छ । यसबाट पार्टर्ीी उमेदवारहरुलाई समेत आर्थिक भार कम परेको छ ।
काठमाण्डौं लगायतका स्थानबाट मतदाता ओसार्दा लाखौं आर्थिक भार पर्ने भए पनि उमेदवार र राजनीतिक दलहरुलाई मतदाता ओसार्नै पर्ने बाध्यता छ । काठमाण्डौंबाट मनाङ आउ“दा र यहा“बाट काठमाण्डौं जा“दा हजारौं खर्च गर्नुपर्ने भएकाले मतदान गर्नका लाग मतदाता आफै आउन गाह्रो मान्ने भएकाले उमेदवारहरुलाई सकस परेको बताइन्छ । निर्वाचन प्रतिस्पर्धामा उत्रेपछि जित्ने अभिलाषाका साथ उमेदवारहरु अहिले ठूलो आर्थिक भार ब्यहोरेर पनि मतदाता ओर्सार्न बाध्य भएका हुन् । 
यद्यपी आफूले ल्याएका मतदाताले आफूलाई मतदान गर्ने नगर्ने निश्चित नभए पनि उमेदवारहरु भने त्यसो गर्न बाध्य छन् । मत कसलाई दिने भन्ने मतदाताको अधिकारको कुरा भएकाले यसमा उमेदवारले अनुरोध गर्ने बाहेक केही गर्न सक्दैनन् । तथापि आफूलाई ल्याउने उमेदवारको पक्षमा मतदान गर्न मतदाताहरुलाई नैतिक दवाव पर्ने भएकाले मतदाता धेरै ल्याउने उमेदवारको पक्षमा बढी मत खस्ने विश्लेषण गरिएको छ ।
अहिले मनाङ सदरमुकाम चामेबाट काठमाण्डौंसम्म-बा“की ४ पृष्ठमा) 

No comments:

Post a Comment