scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, November 13, 2013

निर्वाचनका लागि लाखौं खर्च गर्दै उमेदवारहरु, तथ्याङ्क आउन बा“की

कार्तिक २७
संविधानसभाको निर्वाचनका क्रममा दलका उमेदवारहरुले पोष्टर पम्प्लेट, होटल रेष्टुरेण्ट र सवारी साधनसमेत गरी लाखौं रुपैया“ खर्च गरेका छन् । सरर्सर्ती हर्ेदा पनि एक उमेदवारको लाखौं रुपैया“ खर्च भएको देखिएको छ । यसबाहेक प्रचार प्रसारमा हुने खाना मासु तथा खाजा खर्चको लेखाजोखा गरिएकै छैन । त्यसमाथि सा“झपख गरिने मदिरासहितको पार्टर्ीीे हिसाबसमेत जोड्ने हो भने उमेदवारहरुको खर्चले सीमा नाध्ने आवस्था देखिएको छ । 
लमजुङमा कुन उमेदवारले कति खर्च गरे सो को मोटामोटी फा“टवारी आउन समय लाग्ने भए पनि निर्वाचन आयोगले एक उमेदवारले खर्च गर्न सक्न रकमको सीमा तोकिदिएकाले यकिन खर्च विवरण आउने अवस्था छैन । जानकारहरुका अनुसार लमजुङमा प्रत्यक्षतर्फउठेका उमेदवारहरुले १ करोडको हाराहारीमा रकम खर्च गरेका छन् । सो रकम कतिपयले आफ्नै श्रोतमा त कतिपयले विभिन्न ब्यक्ति, सहयागी, इष्टमित्रको सहयोगमा गरिरहेको बुझिएको  छ ।
एमाओवादी, नेपाली कांग्रेस र एमालेका उमेदवारको बढी खर्च भएको श्रोतको दावी छ । यद्यपी साना दलका उमेदवारले पनि निर्वाचनमा पैसा खर्च गरेका छन् । खर्चको रकम उमेदवार आफैं वा पार्टर्ीी ब्यहोरेको छ भन्ने खुलाइएको छैन । 
 संविधानसभा निर्वाचनमा भाग लिने दलका उमेदवार र उनीहरुका सहयोगी कार्यकर्ताका कारण लमजुङका छापाखाना र बढेपछि प्रचार पम्पलेट छाप्ने छापाखानाहरुको व्यस्तता बढ्नुका साथै होटल तथा रेष्टुरेण्टहरुको पनि  ब्यापार बढेको छ । 
निर्वाचन प्रचार प्रसारका लागि दलहरुले निकै पोष्टर पम्प्लेट छापेकाले छापाखानाहरुको ब्यापार यतिबेला राम्रै भएको छ । त्यस्तै प्रचारप्रसारका लागि र निर्वाचन प्रयोजनका लागि थुप्रै कार्यकर्ता खटिएका कारण होटल तथा रेष्टुरेण्टहरुको ब्यापार पनि यतिबेला राम्रै भएको छ ।
विभिन्न राजनीतिक दलहरुले निर्वाचनलाई मध्यनजर गर्दै थुप्रै पोष्टर पम्प्लेट लगायतका निर्वाचन प्रचार सामग्री छपाइ गरेकाले यतिबेला छापाखानाहरुको ब्यस्तता बढेको हो ।
ब्यस्तताका बाबजुत ब्यापार भने त्यति नबढेको छापाखाना सञ्चालकहरुले बताएका छन् । कतिपय छापाखानाले कम पैसा र उधारोमा समेत पम्प्लेट छपाइ गरेकाले ब्यस्तताका बाबजुद उत्साहजनक ब्यापार नभएको बताइएको छ ।
विगतका निर्वाचनमा जस्तै बेसीशहरका विभिन्न होटलहरुमा यसपालीको निर्वाचनमा पनि दलका कार्यकर्ताहरु खचाखच छन् । विगतका निर्वाचनमा केही दलका उमेदवारहरुले लामो समयसम्म होटलखर्च नतिरिदि“दा होटल सञ्चालकहरु मर्कामा परेका थिए । 
निर्वाचनका बेला यातायात ब्यवसायीको पनि राम्रै आम्दानी हुने गरेको छ । निर्वाचनको प्रचार प्रसार र आमसभाका बेला दलहरुले सयौं सवारी साधनहरुको प्रयोग गर्ने गरेका छन् । हालै भएका नेपाली कांग्रेस र नेकपा एमालेको आमसभामा सयौं सवारी साधनहरु भाडामा लिएर कार्यकर्ता उतारिएको थियो । एउटा बसलाई २० हजारको हाराहारीमा रकम दिएर भाडामा प्रयोग गरिएको पाइएको छ ।

No comments:

Post a Comment