कार्तिक २७
बेसीशहर- संबिधान सभाको निर्बाचन नजिकंदै गर्दा मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टर्ीीेपाली कांग्रेसले प्रचार प्रसार अभियानलाई तीब्रता दिएको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ को चुनावी अभियान अर्न्तगत सोमबार बेसीशहरमा घरदैलो अभियान सञ्चालन गरिएको छ ।
बेसीशहरको वडा नं. १ र ९ मा सोमबार घरदैलो गरिएको हो । क्षेत्र नं. २ का उमेदवार चन्द्रबहादुर कु“वर सहितको टोलीले घर घरमा पुगेर मतदाताहरुलाई भेट गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस र यसका उमेदवारलाई मतदान गर्न आग्रह गरेका थिए । कांग्रेसले मंगलबार पनि बेसीशहर बजारमा घरदैलो गरी चण्डीस्थान र बा“झाखेतमा कार्यक्रम गर्ने जनाएको छ ।
त्यसैगरि क्षेत्र नंं १ अर्न्तर्गत ढोडेनीमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उम्मेद्वार डा.टकराज गुरुङले पहिचान र सामर्थ्य सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान निर्माणका लागि कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । उहा“ले कांग्रेसले जिते मात्र मुलकको राजनितिक निकास र आर्थिक बिकास हुने धारणा राख्नुभयो । सो कार्यक्रममा महासमिति सदस्य इन्दिरा तिवारी, तरुण दलका पर्ूब महासचिब यमबहादुर गुरुङ, समानुपातिक उम्मेद्वार कोपिला बि.क., महिला नेतृ रश्मी घिमिरे, क्षेत्र नं. १ का कोषाध्यक्ष शीब जोशी, स्वबियु फोरमका पर्ूब अध्यक्ष रामकृष्ण कंडेल, ट्रेड युनियन कांग्रेसका कोषायक्ष प्रतापराज सिलुवाल,क्षेत्र न. १ का सदस्य शुरेस पाण्डे, रामहरी न्यौपाने , क्षेत्रीय प्रतिनिधि बिनोद कोइराला लगायतको उपस्थिति रहेको थियो ।
यसैबिच पर्ूर्बी लमजुङको धमिलिकुवामा वडा नं. २ र ३ मा छलफल एबं घरदैलो अभियान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदस्य प्रेमराज चिलुवालको नेतृत्वमा क्षेत्रीय सदस्य नबकुमार श्रेष्ठ, गाउं कार्य समितिका सभापति रुकबहादुर तामाङ, सचिब चित्रकुमार श्रेष्ठ, दलित संघका अध्यक्ष चन्द्रबहादुर नेपाली लगायतको टोलीले मतदाताहरु संग मतमाग्दै घरदैलो अभियान सम्पन्न गरेका थिए ।
यसैबिच क्षेत्र नं. २ मा पनि कांग्रेसको चुनावी अभियान तीब्र रुपमा अगाडि बढेको कांग्रेसले जनाएको छ । शुक्रबार नाल्मा गा.बि.स.को ज्यारखाङ र नाल्माको गैरीमा कांग्रेसको कोणसभा सम्पन्न भएको छ । पर्ूब राज्य मन्त्री रामबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा क्षेत्र नं. २ का उम्मेदवार चन्द्रबहादुर कु“वरले नेपाली कांग्रेसले जितेमात्रै लोकतान्त्रिक संबिधान निर्माण हुने र मुलुकको आर्थिक बिकास हुने बतोउ“दै नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । सोही कार्यक्रममा नेकपा एमालेका पूराना कार्यकर्ता बागबीर गुरुङ, रणसुब्ब्ाा गुरुङ, लिल बहादुर बि.क.लगायतका ५५ जनाले ने.क.पा. एमाले परित्याग गरी कांग्रेसमा प्रबेश गरेका थिए । सोही कार्यक्रममा एमाओबादीका नरबहादुर तामाङ सहित ५ जना कांग्रेस प्रबेश गरेका छन । नेपाली कांग्रेस नाल्मा गाउं कार्य समितिका सभापति जंगबहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सचिब आनन्द घिमिरे, कोषाध्यक्ष श्रीकान्त घिमिरे, उम्मेद्वार चन्द्रबहादुर कुबंर, जिल्ला सदस्य पार्बती तामाङ, तरुण दलका अध्यक्ष रमेशकुमार पाण्डे, महाधिबेशन प्रतिनिधि स्थिरबाबु परियार, क्षेत्र नं. २ का सचिब मदन न्यौपाने, शिक्षक संघका अध्यक्ष शीबराज अधिकारी, पर्ूब सह-सचिब हरी बराल, क्षेत्रीय सदस्य लालबहादुर श्रेष्ठ, त्रिकाशी गुरुङ, ओम गुरुङ, ने.बि. संघका पर्ूब उपाध्यक्ष बृषराज गुरुङ, तरुण दलका जिल्ला सदस्य महेशकुमार पाण्डे, तरुण दल बेसीशहरका अध्यक्ष खुशी जंग गुरुङ, नपाली कांग्रेस पुरानोकोटका अध्यक्ष गुरुप्रसाद ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम जिल्ला सदस्य राजु गुरुङले सहजीकरण गर्नुभएको थियो ।
No comments:
Post a Comment