कार्तिक २७
निर्वाचन नजिकै आइरह“दा नेकपा एमालेले घरदैलो र मतदाता भेटघाटलाई तीब्रता दिएको छ । लमजुङका दुवै निर्वाचन क्षेत्रमा यतिबेला एमालेका उमेदवार र नेता कार्यकर्ताहरु भोट माग्न ब्यस्त छन् । क्षेत्र नम्वर २ को चुनावी प्रचार प्रसार अर्न्तगत गाउ“शहरमा एमालेले चुनावी सभा सम्पन्न गर्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र नं. २ का उमेदवार पृथ्वीसुब्बा गुरुङले एमाले गाउ“कोे विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो । शान्ति, स्थिरता र विकासका लागि एमालेमा मतदान गर्न आग्रह गर्नुभयो ।ं कार्यक्रममा केन्द्रिय सदस्य एवं समानुपातिकका उम्मेदवार टुका हमाल, जिल्ला कमिटिका उपाध्यक्ष गुमानसिंह अर्याल, केन्द्रीय सर्म्पर्क बिशेष समन्वय कमिटीका सचिव एवं समानुपातिक उम्मेदवार भिष्म अधिकारी, जिल्ला कमिटीका सचिव कृष्णप्रसाद अधिकारी, उपसचिव सुभाष पौडेल लगायतको सहभागिता थियोे ।
यसैगरि कुन्छामा पनि घरदैलो अभियान सम्पन्न भएको छ । कार्यक्रमलाई नेकपा एमाले क्षेत्र नम्वर २ का उम्मेदवार एवं एमाले पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्नुभएको थियो । यस्तै, क्षेत्र नम्बर २ अन्तरगत नेकपा एमाले भुजुङ गाउ“ कमिटीले घरदैलो अभियान गरेको छ ।
उत्तरी यसैबीच लमजुङको खुदीमा नेकपा एमालेको आम सभा सम्पन्न भएको छ । नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्वर १ ले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता भानुभक्त ढकालले जनताको बहुदलीय जनवादको नीति अनुसार मुलुक अघि बढिरहेकाले मुलुकको नेतृत्व एमालेले नै गर्नुपर्ने बताउनुभयो ।
एकीकृत नेकपा माओवादी र कांग्रेसका कारण नेपालमा संविधान निर्माण हुन नसकेका कारण संविधान निर्माणका लागि नेकपा एमालेलाई बहुमत दिन ढकालले आग्रह गर्नुभयो । देशमा लाखौं युवाहरु बेरोजगार रहेको अवस्थामा रोजगारीको बातावरण निर्माणका लागि नेकपा एमाले एक कदम अघि बढेको उहा“ले वताउनुभयो । ेदेश बनाउने पार्र्टर्ीीनेकपा एमालेमात्रै भएको दावी गर्दै उहा“ले नेकपा एमालेलाई जिताउन लमजुङका वासिन्दालाई आग्रह गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले क्षेत्र नम्बर १ का उम्मेदवार जमीन्द्रमान घलेले मंसिर ४ गतेको दिन आफू र नेकपा एमालेलाई मतदान गर्न आग्रह गर्दै लमजुङको विकास र नेपालको जनमुखी संविधान निर्माणको अभियानमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य टुका हमाल, गण्डकी अञ्चल समन्वय कमिटीका सचिव मायानाथ अधिकारी, राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य महेन्द्रलाल श्रेष्ठ, जिल्ला कमिटी लमजुङका अध्यक्ष धनञ्जय दवाडी, गण्डकी अञ्चल समन्व कमिटीका सदस्य फूलबहादुर थापा, प्रेस चौतारी लमजुङका अध्यक्षर् इश्वर पाण्डे, बमबहादुर थापा, जिल्ला कमिटी सचिवालय सदस्य जीवराज घले, नन्दराम वि.क, अनेरास्ववियु केन्द्रिय सदस्य जुनबहादुर तमाङ, पार्टर्ीीजल्ला कमिटी सदस्यहरु दुधप्रसाद घले, हिरालाल वि.क, बालकुमारी गुरुङ, क्षेत्र नम्वर १ का अध्यक्ष जीतबहादुर गुरुङ लगायतले एमालेलाई बिजयी गराउनुपर्नेम्ा जोड दिएका थिए ।
No comments:
Post a Comment