कार्तिक २७
बेसीशहर- संविधान सभा निर्वाचनमा प्रतिनिधित्वका लागि एनेकपा माओवादी लमजुङ क्षेत्र नं.१ को भुलभुले गाविसको ङादीमा शनिवार चुनावी सभा सम्पन्न भएको छ । क्षेत्र नं.१ का उम्मेदवार देवेन्द्र पराजुलीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पराजुलीले एकीकृत नेकपा माओवादी नेपाली जनताको अग्रगामी परिवर्तन सहितको एजेण्डा सहित संविधान निर्माण गर्ने तहमा लागेको बताउनुभयो ।
देशमा लामो समयदेखि एकात्मक र एकल जातीय शासन कायम रहेकोले एमाओवादीले पहिचानसहितको संघीयताको कुरा गरेको पराजुलीले बताउनुभयो । सदियौंदेखि उत्पीडनमा परेका वर्ग, जाति र समुदायको मुक्ति दिलाउन संघीयता आवश्यकता पर्ने भन्दै पराजुलीले एकल पहिचान सहितको संघीयता कुनै जात विशेषको नभै सिंगो उत्पीडित वर्ग र समुदायको पहिचान भएकाले भ्रमित नहुन अनुरोध गर्नु भयो ।
कार्यक्रममा समानुपातिकतर्फा उम्मेदवार लाल बहादुर गुरुङ, राज्य समिति सदस्य मेख बहादुर भण्डारी, इलाका नं.७ का इन्चार्ज ऋषिराम भारती, संयोजक दयासागर घिमिरे, लगायतले मन्तव्य राख्नु भएको थियो । एमाओवादीले शनिबारै बाहुनडा“डा गाविसको नाइचेमा पनि चुनावी सभा सम्पन्न गरेको छ । कार्यक्रममा क्षेत्र नं. १ का संयोजक तथा समानुपातिक उम्मेदवार लाल बहादुर गुरुङले सम्बोधन गर्दै एमाओवादीलाई विजयी गराउन आग्रह गर्नुभयो । त्यस्तै ताघ्रिङको म्रि्रा, छापाडा“डा र खुदी गाविसको सिउरुङमा पनि मतदाता भेटघाट, अन्तरक्रिया साथै घरदैलो कार्यक्रम सम्पन्न भएको एमाओवादीले जनाएको छ । यसैगरि चितीको रामचोकबेसीमा पनि घरदैलो तथा प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ ।
एमाओवादीले चक्रतिर्थ गाविसको वडा नं.३ र ४ मा घरदैलो तथा प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ । एमाओवादीले क्षेत्र नं.२ मा पनि घरदैलो अभियानलाई तीब्र बनाएको छ । यस क्रममा तार्कु गाविसको गहतेमा चुनावी सभा सम्पन्न हुनुका साथै घरदैलो कार्यक्रम सम्पन्न भएको छ । एमाओवादीका केन्द्रीय सदस्य एवं क्षेत्र नं.२ का उम्मेदवार पारसमणि पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उमेदवार पौडेलले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माण गर्ने एक मात्र परिवर्तनकारी शक्ति एनेकपा माओवादी भएको बताउनुभयो ।
कार्यक्रममा समानुपातिक तर्फा उमेदवार तथा क्षेत्र नं. २ का संयोजक मधु अधिकारी, पर्ूव सभासद हिमकुमारी सुनार, योङ कम्युनिष्ट लिग लमजुङका अध्यक्ष सुनिल सुनार, एमाओवादी राज्य समिति सदस्य शोभा थापा, जिल्ला कमिटि सदस्य सर्ुदर्शन जोशी, लगायतले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानका लागि एमाओवादीले जित्नुपर्ने बताउनुभएको थियो ।
चुनावी प्रचार प्रसारकै क्रममा जिता गाविसमा वाइसिएलले मार्चपास सहित प्रचार प्रसार गरेको छ । एमाओवादीले कुन्छा गाविसमा पनि घरदैलो सकेको छ । कुन्छाका विभिन्न वडामा गाउ“ कमिटीका अध्यक्ष कृष्ण बहादुर सुनारको नेतृत्वमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको जनाइएको छ । क्षेत्र नं. २ अर्न्तर्गतर् इशानेश्वरमा चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
यसैगरी नाल्मा गाविस वडा नं.२ बाख्रेजगतमा अन्तरक्रिया तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । साथै मालिङ गाविसको वडा नं. ८ र ९ मा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
यसैगरि उदिपुर गाविसमा मतदाता भेटघाट, घरदैलो तथा प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ । तमुवान राज्य समिति सदस्य राजु थापाको नेतृत्व र स्थानीय नेता कार्यकर्ताको सक्रियतामा घरदैलो तथा प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको एमाओवादीले जनाएको छ ।
No comments:
Post a Comment