scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, November 13, 2013

आचारसंहिताको पालना गर्न राजनीतिक दल र उमेदवारहरुलाई आग्रह

कार्तिक २७
निर्वाचन आयोगले  निर्वाचन आचारसंहिताको पालना गर्न राजनीतिक दल र उमेदवारहरुलाई आग्रह गरे पनि लमजुङका राजनीतिक दल र उमेदवारहरुले आचार संहिताको पर्ूण्ा पालना गरेका छैनन् ।
राजनीतिक दल र तिनका उमेदवारहरुले आचारसंहिता उल्लङ्घन गरेको गुनासो बढेपछि निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दल र उमेदवारहरुलाई आचार संहिता पालन गर्न आग्रह गरेको छ । र्सार्वजनिक स्थलहरुमा राजनीतिक दलका झण्डा, पोष्टर तथा ब्यानरहरु टासिएपछि त्यस्ता सामग्री हटाउन मुख्य निर्वाचन अधिकृतको कार्यालले यस्तो आग्रह गरेको हो । आग्रह अनुसार बेसीशहर बजार क्षेत्रमा दलहरुले राखेका पार्टर्ीीे झण्डा र चुनाव चिहृन अंकीत झण्डा हटाइए पनि पोष्टर, पम्प्लेटहरु भने हटाइएको छैन । निर्वाचन अधिकृतको कार्यालयले उमेदवार र ती  सम्बद्ध दलहरुलाई लिखित रुपमै त्यस्ता प्रचार सामग्री हटाउन अनुरोध गरेको थियो । तर दलहरुले पत्र अनुसारको काम अझै गरेका छैनन् ।  आचार संहिता विपरित र्सार्वजनिक स्थलमा पर्चा, पम्प्लेट टा“स्ने, झण्डा राख्ने, पार्टर्ीीे कार्यक्रममा स्कुल बसको प्रयोग लगायतका कार्य भईरहेको भन्दै कार्यालयले पत्र लेख्दै ध्यानाकर्षा गराएको थियो ।। पत्रमा आचार संहिताको पर्ुण्ा पालना गर्न र आचार संहिता विपरित टा“सिएको पर्चा र झण्डा हटाउन आग्रह गरिएको थियो । मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधानले लमजुङका मुख्य दलहरु एमाओवादी, नेपाली का“ग्रेेस, नेकपा एमाले र एमाओवादीलाई पत्र पठाइएको र उनीहरुले आग्रह अनुसार आचार संहिताको पालन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता उल्लंघन गरी बेसीशहर, भोटेओडार, उदीपुर लगायतका बजार क्षेत्रका विद्युत तथा टेलिफोनका पोलमा राखिएका झण्डा र चुनाव चिन्ह हटाएको छ ।
कार्यालयबाट खटिएको टोलीले ती सामग्री हटाएर कार्यालयमा ल्याइ राखेको छ । विशेषगरि एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमालेले आचार संहिताको बढी उल्लंघन गरेका छन् । आचारसंहिता उल्लंघन गर्नेमा राप्रपा, संघीय गणतान्त्रिक समाजवादी र अखण्ड नेपाल पार्टर्ीीेत छन् । र्सार्वजनिक स्थानमा पोष्टर पम्प्लेट टा“स गर्न आचारसंहिताले रोकेको भए पनि ती दलहरुले र्सार्वजनिक स्थलमा आफ्नो उमेदवारहरुको फोटोसहितको पम्प्लेट टा“स गरेका छन् ।
आचारसंहिता पालना भए नभएको हर्ेर्ने मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई सचेत गराएको भए पनि यसमा कमी आएको छैन ।
यसैगरि स्वच्छ तथा धा“धली रहित  निर्वाचन सम्पन्न गराउन  एकीकृत सुरक्षा योजना लागू गराइएको छ ।  केही दिन अघि क्षेत्रीय प्रशासक लोकदर्शन रेग्मीले लमजुङमा अनुगमन गर्दै निर्वाचनमा सुरक्षा अवस्था मजबुत बनाउन सुरक्षा निकायलाई निर्देशन दिंदै निर्वाचन पर्ूण्ा रुपमा सुरक्षित हने भएकाले सबैलाई ढुक्क साथ मतदान गर्न तयारी रहन आग्रह गर्नुभएको थियो ।

No comments:

Post a Comment