scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, November 28, 2013

लमजुङमा निर्वाचन शान्तिपर्ूण्ा, भयरहित र धा“धलीरहित रहेको निष्कर्ष

बेसीशहर- संविधानसभा निर्वाचन सम्पन्न भइ मतपरिणाम आएपछि बेसीशहरमा बसेको र्सवदलीय वैठकले लमजुङमा समग्रमा निर्वाचन शान्तिपर्ूण्ा, भयरहित र धा“धलीरहित रहेको निष्कर्षनिकालेको छ ।
प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको वैठsm यस्तो निष्कर्षनिकालेको हो ।
बैठकले संविधानसभाको निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने सम्पर्ूण्ा राजनितिक पार्टर्ीीसरकारी तथा गैरसरकारी कार्यालय, सुरक्षा निकाय, मतदाता र सञ्चारमाध्यमलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।
वैठकले निर्वाचन सम्पन्न भएपनि निर्वाचनका क्रममा भएका विभिन्न विवाद, र सोही विषयलाई लिएर भविष्यमा द्वन्द्ध हुन सक्ने भन्दै त्यस्तो कार्य हुन नदिन राजनीतिक दलहरुलाई सजग गराएको छ । दलहरुले भविष्यमा त्यस्ता घटना हुन नदिन गाउ“ गाउ“सम्म कार्यकर्ताहरुलाई सजग गराउन वैठकले आग्रह गरेको छ । 
संविधानसभा निर्वाचनका क्रममा खसेको मतमध्ये केही प्रतिशत मत बदर भएको प्रति पनि वैठकमा छलफल भएको छ । मतदाता शिक्षाको अभावले धेरै मत बदर हुन पुगेकोले आगामी दिनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने विषयमा वैठकमा छलफल भयो । वैठकले अबका दिनमा हिउ“दमा निर्वाचन भए मतदान समय विहान ७ देखि बेलुका ४ बजेसम्म गर्नुपर्ने र धेरै मतदाता रहेको स्थानमा उप मतदान केन्द्रको ब्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव पठाएको छ ।बैठकमा मुख्य निर्वाचन अधिकृत जगत नारायण प्रधान, निर्वाचन अधिकृत फणिन्द्र गौतम, जिल्ला निर्वाचन अधिकारी रणबहादुर खत्रीले लमजुङमा भएका निर्वाचनका विविध गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै वैठकमा प्रमुख जिल्ला अधिकारी भण्डारी र प्रहरी नायव उपरिक्षक गोरखसिंह भण्डारीले निर्वाचनको क्रममा भएको सुरक्षा ब्यवस्थाबारे जानकारी गराउनुभएको थियो ।

No comments:

Post a Comment