scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

एमाओवादीद्वारा संविधान सभा निर्वाचनमा लमजुङमा पनि धाँधलीको विबिध रुपहरुको प्रयोग गरिएको निष्कर्ष

बेसीशहर- दोस्रो संविधान सभा निर्वाचनमा लमजुङका दुवै क्षेत्रमा पराजय ब्यहोरेको एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) जिल्ला संगठन कमिटी लमजुङले  संविधान सभा निर्वाचनमा लमजुङमा पनि धा“धलीको विबिध रुपहरुको प्रयोग गरि प्राविधिक रुपमा पराजित गराइएको निष्कर्षनिकालेको छ ।
जिल्ला संगठन कमिटी र सबै गाउ“ कमिटिका अध्यक्ष तथा सचिव, जनवर्गिय संगठनका पदाधिकारी तथा अगुवा कार्यकर्तासहितको समीक्षा वैठकले यस्तो निष्कर्षनिकालेको हो । यद्यपी वैठकले पार्टर्ीी आन्तरिक कमी कमजोरीहरु पनि पार्टर्ीीराजयको कारण मानेको छ । वैठकले सबै तह र क्षेत्रमा निर्वाचनका विषयमा समीक्षा गरी आगामी दिनमा पार्टर्ीींगठनलाई मजबुत बनाएर अघि बढ्ने निष्कर्षनिकालेको छ । 
आइतबारबाट शुरु भएको एमाओवादीको समीक्षा सोमबार सकिएको हो । समीक्षा वैठकमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी र समानुपतिक सहभागिता, छुवाछुतमुक्त राष्ट्र, सामाजिक न्याय, जनसंविधान निर्माण लगायतका मुद्दाहरु उठाउ“दै १२ बुदे समझदारी र बिस्तृत शान्ति सम्झौता हु“दै  संविधान सभाको पहिलो निर्वाचनमा आइपुग्दा एकीकृत नेकपा-माओवादी) अघिल्लो संविधान सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको र दोस्रो संविधान सभा निर्वाचनमा तेस्रो पार्टर्ीीन्न पुगेको विषयमा बृहत छलफल भएको जनाइएको छ । 
संविधान सभाको निर्वाचन आफ्नो पार्टर्ीीे एजेण्डा भए पनि  दोस्रोे संविधानसभा निर्वाचनमा अनपेक्षित रुपमा देशभर र लमजुङ जिल्लाका दुवै क्षेत्रबाट पराजित हुनु परेपछि एमाओवादीले जिल्ला भित्र कहा“ के पुगेन भनेर खोतल्नु पर्ने आवश्यकता महशुस गरेको छ । 
समीक्षा वैठकमा लमजुङ जिल्लाका ६१ वटै गाविसका गाउ“ कमिटीका अध्यक्ष र जिल्ला कमिटीका सदस्यहरुले आ-आफ्नो गाउ“ र क्षेत्रमा निर्वाचन के कस्तो भयो भनेर विषयमा प्रतिवेदन दिएका थिए । गाउ“ कमिटिका अध्यक्ष तथा सचिवहरुले आफ्नो क्षेत्रमा चुनावको समयमा आफ्नो संगठनले गरेका क्रियाकलाप र विपक्षी पार्टर्ीी गरेका क्रियाकलापको बारेमा रिपोर्टिङ गरेका थिए । अधिकांस गाउ“ पार्टर्ीीध्यक्षहरुले चुनावमा पराजय हुनुमा पार्टर्ीीे संगठन चुस्त हुन नसक्नु नै प्रमुख कारण रहेको बताएका थिए । पार्टर्ीी र्समर्थक तथा सक्रिय कार्यकर्ताहरु भए पनि उनीहरुको उचित ब्यबस्थापन गर्न नसक्दा चुनावमा पराजय बेहर्नुपरेको उनीहरुको भनाई थियो ।
केन्द्रीय सदस्य, जिल्ला संयोजक तथा पार्टर्ीीे तर्फाट क्षेत्र नं. १ का उमेदवार देवेन्द्र पराजुलीको अध्यक्षतामा भएको वैठकमा केन्द्रीय सदस्य, स्याङजा जिल्ला कमिटीका संयोजक तथा लमजुङ क्षेत्र नंं २ का उमेदवार पारसमणि पौडेलले सहजीकरण गर्नु भएको थियो । 
वैठकले निर्वाचनका समीक्षाको साथ साथै जनताका दैनिक जीवनसंग जोडिएका बिकास निर्माण लगायतका विषयमा जनहित अनुसार चल्ने निर्ण्र्ाागरेको छ । त्यस्तै जिल्लाका सबै गाउ“ विकास समितिका गाउ“ परिषद र जिल्ला परिषदमा विनियोजना गरिने रकम अधिकतम जनताको हितमा हुने गरि कार्यन्वायन गराउन स्थानीय र जिल्ला तहमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि पाटी नेता, कार्यकर्ता र र्सवदलिय प्रतिनिधिहरुलाई वैठकले निर्देशन दिएको छ ।

No comments:

Post a Comment