scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

ग्रामीण महिला स्वास्थ्य स्वयंसेविकहरु सम्मानित

बेसीशहर- ग्रामीण क्षेत्रमा रहेर ग्रामीण जनताको स्वास्थ्य समस्यामा साथ दिदैं आएका ग्रामीण स्वास्थ्य स्वयंसेवकहरु सम्मानित भएका छन् । विश्व स्वयंसेवा दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयले स्वयंसेवकहरुलाई सम्मान गरेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले महिला स्वास्थ्य स्वयंसेविको सेवा,स्वस्थ समाजका लागि टेवा भन्ने नाराका साथ यो दिवस मनाएको हो । यस अवसरमा विभिन्न गाविसका विभिन्न वडामा कार्यरत २६ जना स्वयंसेविकाहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्रका साथ सम्मान गरेको हो । सम्मानित हुनेमा तार्कुघाट उपस्वास्थ्य चोकी अर्न्तर्गत विमाया तामाङ, भलायखर्क उपस्वास्थ्य चौकी अर्न्तर्गत दर्ुगा न्यौपाने, प्यारजुङ उपस्वास्थ्य चौकी अर्न्तर्गत  खिमकुमारी गुरुङ, बाहुनडा“डा उपस्वास्थ्य चौकी अर्न्तर्गत मैतमाया गुरुङ, सिन्दुरेे उपस्वास्थ्य चौकी अर्न्तर्गत मोती दुरा, भुजुङ उपस्वास्थ्य चौकी अर्न्तर्गत जुनकाशी तामाङ, सिम्पानी उपस्वास्थ्य चौकी अर्न्तर्गत सुमित्रा थापा, पाचोक उपस्वास्थ्य चौकी अर्न्तर्गत झम्तीमाया गुरुङ हुनुहुन्छ ।
त्यसैगरि पसगाउ“ उपस्वास्थ्य चौकी अर्न्तर्गत खोकाशी गुरुङ, तान्द्राङ टक्सार उपस्वास्थ्य चौकी अर्न्तर्गतका पार्वती गुरुङ, बांग्रे उपस्वास्थ्य चौकी अर्न्तर्गत सुनिता गुरुङ, कुन्छा उपस्वास्थ्य चौकी अर्न्तर्गत भगवती शाही, रम्घा उपस्वास्थ्य चौकी अर्न्तर्गत डिलमाया गुरुङ, धमिलीकुवा उपस्वास्थ्य चौकी अर्न्तर्गत गोमा पाण्डे, नाल्मा उपस्वास्थ्य चौकी अर्न्तर्गत चन्द्रकुमारी गुरुङ, भोर्लेटार उपस्वास्थ्य चौकी अर्न्तर्गत पर्ूण्ामाया गुरुङ, बेसीशहर उपस्वास्थ्य चौकीका सुशिला अधिकारी, भारते उपस्वास्थ्य चौकीका यमकुमारी गुरुङ हुनुहुन्छ ।
सम्मानित हुने अन्य स्वयंसेविकामा इलमपोखरी उपस्वास्थ्य चौकीका लक्ष्मी तामाङ, चिती उपस्वास्थ्य चौकीका शान्ता पन्त, धुसेनी उपस्वास्थ्य चैकीका तारा भण्डारी, चन्द्रेश्वर उपस्वास्थ्य चौकीका विमला अधिकारी, चिसंखु उपस्वास्थ्य चौकीका विष्णुमाया सोती हुनुहुन्छ ।
स्वयंसेवा दिवसका अवसरमा बेसीशहरमा चेतनामूलक र्‍यालीको पनि आयोजना गरिएको थियो । मनाङे चौतारबाट शुरु भएको र्‍याली बेसीशहर बजार परिक्रमा गरी जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगि टुंगिएको थियो । जनस्वास्थ्यमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, जिविस लमजुङका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल, नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाका सभापति गणेशप्रसाद न्यौपाने लगायतले स्वयंसेवाका विविध पक्ष र नेपालका ग्रामीण क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले पुर्‍याएको सेवाका बारेमा मन्तब्य राख्नु भएको थियो । कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख त्रिलोकचन्द्र गुरुङको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment