दीपक अधिकारी
बेसीशहर- लमजुङमा जिल्ला पुस्तकालय ब्यबस्थापन समिति गठन भएको छ । मंगलबार लक्ष्मीनारायण सामुदायिक पुस्तकालयमा भएको बैठकले जिल्ला पुस्तकालय ब्यबस्थापन समिति गठन गरेको हो ।
नेपाल सरकारले जारी गरेको पुस्तकालय तथा सूचना ब्यबस्थापन निर्देशिका २०६९ बमोजिम स्थानीय बिकास अधिकारी बिष्णुदत्त गौतम संयोजक र जिल्ला शिक्षा अधिकारी धनसिंह धामी सदस्य सचिव रहेको समितिको गठन गरिएको हो ।
समितिमा सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नेपाल सामुदायिक पुस्तकालय संघका अध्यक्ष गणेशप्रसाद नेउपाने, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भेषबहादुर पौडेल, जनविकास उच्च मा.वि.बेसीशहरका प्राचार्य रत्नमान श्रेष्ठ, गणेश मा.वि. सिम्पानीका प्रधानाध्यापक पर्ूण्ाबहादुर थापा, जनबिकास उमावि चण्डिडांडाका शिक्षिका पर्ुण्ादेबी न्यौपाने, चेस नेपालका संस्थापक अध्यक्ष राजकुमार पाण्डे, सृष्टी कम्प्युटर इन्स्िच्युटका प्रोपाईटर श्रीकृष्ण लामिछाने, लक्ष्मीनारायण सामुदायिक पुस्तकालय बेसीशहरका पुस्तकालयध्यक्ष दीपक अधिकारी, जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष रोशन श्रेष्ठ रहनु भएको छ ।
समितिको बैठकले नेपाल सरकारले लिएको "एक गाउ“ एक पुस्तकालय, एक बिद्यालय एक पुस्तकालय" नीतिलाई कार्यान्वयन गर्न सक्रिय भुमिका खेल्ने र समितिको कोष स्थापना एबं बृद्धि गर्न सम्बन्धित निकायहरुमा अनुरोध गर्ने निर्ण्र्ाागरेको छ । साथै बैठकले लमजुङ जिल्लाबाट संबिधानसभा सदस्यमा निर्बाचित हुनुभएका सभासदद्वय चन्द्रबहादुर कुंबर र जमिन्द्रमान घलेलाई बधाई ज्ञापन गर्दै पुस्तकालयको बिकासमा सक्रिय भूमिका खेल्न अनुरोध गर्ने निर्ण्र्ाापनि गरेको छ ।
No comments:
Post a Comment