scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

घट्टेखोलाबाट निकालिएको विजुलीले पसगाउ“मा“ झिलीमिली

बेसीशहर पुस २ 
पश्चिम लमजुङका सबैभन्दा विकट पसगाउ“मा घट्टेखोलाबाट निकालिएको विजुलीले गाउ“ झिलीमिली भएको छ ।
६५ किलोवाट क्षमताको पसगाउ“ लघु जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई गाउ“मा विजुली बत्ती बलेपछि स्थानीय बासीन्दा हषिर्त भएका छन् ।
जर्ीइओ रेनफरेष्ट हेर्म्बर्ग जर्मनीको २ करोड १२ लाख ७५ हजार १ सय ९४ रुपै“या अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजनाको १२ लाख ५१ हजार ५ सय २९ रुपै“या सहयोग र स्थानीय चन्दा तथा जनश्रमसमेत गरी २ करोड ५० लाख ३ हजार ५ सय ७५ रुपै“यामा आयोजनाको निर्माण गरिएको हो । सो आयोजनाको कृषि तथा भूसंरक्षण मन्त्री टेकबहादुर थापा र्घर्तीले हालै उद्घाटन गर्नुभयो । 
सो आयोजनाबाट पसगाउ“को वडा नम्बर ५ देखि ९ सम्मका २ सय १४ घरधुरी लाभान्वित भएका छन् । यसबाहेक स्थानीय स्वास्थ्य चौकी, विद्यालय, शिशु स्याहर केन्द्र र नेपाली सेनालाईसमेत विजुली उपलब्ध गराइएको छ । आयोजनाको गत साउनमै निर्माण सम्पन्न भई गत भदौ २ गतेेदेखि परीक्षण उत्पादन हु“दै आएको थियो ।
पसगाउ“को वडा नंं ५ स्थित स्थानीय घट्टेखोलामा बा“ध बा“धेर १ हजार २ सय मिटर लामो पेनस्टक पाइपमार्फ सोही गाविसको वडा नंं ९ को उगी भन्ने स्थानमा विद्युत गृह निर्माण गरी विद्युत उत्पादन गरिएको हो । विद्युत उत्पादन पछि गाउ“मा विजुली बत्तीको उज्यालो त भएकै छ, विद्युतबाट चल्ने विभिन्न साना उद्योगहरु खोल्ने बाटो खुलेको छ ।
जलविद्युत आयोजनाको उद्घाटन गर्दै मन्त्री थापा र्घर्तीले विद्युत उत्पादन पछि पसगाउ“ अ“ध्यारोबाट उज्यालोतर्फलम्किएको र सबै एकजुट भएर लागे विकासको फल सबैले चाख्न पाउने बताउनुभयो । उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेल, निर्देशक डाक्टर सिर्द्धार्थ बज्राचार्य, जर्ीइओ जर्मनका निर्देशक डार् इभा डानुलट, एक्यापका निर्देशक लालप्रसाद गुरुङ, नेपाली कांग्रस महासमितिका सदस्य गमप्रसाद गुरुङ लगायतले विकास निर्माणका लागि स्थानीयबासिन्दाले गरेको योगदानको चर्चा गर्दै सबै एकजुट भएमा मात्र विकास सम्भव हुने धारणा राख्नु भएको थियो ।
एक्याप अर्न्तर्गत गठित संरक्षण क्षेत्र ब्यवस्थापन समिति पसगाउ“का अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पसगाउ“ लघु जलविद्युत आयोजना निर्माण उपसमितिका अध्यक्ष मनलाल गुरुङलगायतले मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा आयोजनामा सहयोग पुर्‍याउने सम्बन्धित सबैलाई सम्मानपत्र दिइएको थियो ।



No comments:

Post a Comment