scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

त्रिवेणी युवा क्लवले लमजुडकै र्सवाधिक पुरस्कार राशीको त्रिवेणी कप यही पुस १२ गतेदेखि सञ्चालन गर्ने

बेसीशहर पुस २ 
बेसीशहर- लमजुङ जिल्लामा फुटबल खेलको पर्याय बन्न सफल त्रिवेणी युवा क्लव बेसीशहरले लमजुडकै र्सवाधिक पुरस्कार राशीको त्रिवेणी कपको २२ औं श्रृंखला यही पुस १२ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
विगत २२ बर्षता निरन्तर बर्षोनी यसै तिथिमा सञ्चालन हु“दै आएको त्रिवेणी कप फुटबललाई लमजुङको सबै भन्दा ठूलो खेलमेलाको रुपमा लिने गरिएको छ । विगत केही बर्षयता यस खेलको पुरस्कार पनि लमजुङमा हालसम्मकै ठूलो छ । यस प्रतियोगिताको विजेता टिमले एकलाख रुपैया“ नगद पुरस्कारका साथ खेलाडीहरुले प्रमाणपत्र र स्वर्ण्र्ाादक पाउने छन् । त्यस्तै द्वितीय हुने टीमले नगद ५० हजारका साथमा रजत पदक र कास्य पदक पाउने छन् । त्यस्तै सान्त्वना हुने २ वटा टीमहरुले नगद १५ हजार र प्रमाणपत्र तथा अनुशासित टीमले १० हजार, उत्कृष्ट तथा र्सवाधिक गोलकर्ता खेलाडीलाई नगद ७ हजार ५ सय रुपैया“ पुरस्कार दिइने छ ।
त्रिवेणी युवा क्लवले पत्रकार सम्मेलनको आयोजना गरी यस विषयमा जानकारी गराएको हो । सो अवसरमा क्लवका अध्यक्ष कृष्णजंग गुरुङले सदरमुकाम बेसीशहरस्थित त्रिवेणी रंगशाला -सहजी खेलमैदान)मा आयोजना हुने प्रतियोगिताले लमजुङका खेलप्रेमीलाई राष्ट्रिय स्तरको खेल हर्ेर्ने अवसर मिल्ने र प्रतियोगिताको माध्यमबाट लमजुङबाट राष्ट्रि्रय खेलाडी उत्पादनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो । 
पत्रकार सम्मेलनमा प्रतियोगितामा पुरस्कार, ामाग्री खरिद लगायतका विविध शिर्षमा ९ लाख ६५ हजार रुपैया“ खर्च हुने अध्यक्ष गुरुङले बताउनुभयो । उहा“का अनुसार प्रति टिम दर्ताबापत प्राप्त हुने ५ हजार र अन्य विभिन्न संघ संस्था, ब्यापारिक र्फम आदिबाट प्राप्त हुने प्रायोजन सहयोगबाट प्रतियागिता सञ्चालन गर्न लागिएको  हो ।
क्लबले प्रतियोगितामा लमजुङसहित काठमाण्डौं, चितवन,मनाङ, तनहू“ लगायतका जिल्लाबाट विभिन्न क्लवहरुले सहभागिता जनाउने जनाएको छ । प्रतियोगिताबाट बाट बचेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिने पनि क्लवले पत्रकार सम्मेलनमान बताएको थियो । क्लबका सल्लाहकारहरु धर्मराज श्रेष्ठ, भेष बहादुर पौडेल, निर्वतमान अध्यक्ष लोकेन्द्र गुरुड, क्लबका सचिब मनमाया गुरुड, कोषाध्यक्ष बुद्ध गुरुङ लगायतका पदाधिकारीहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलन क्लवका अध्यक्ष कृष्ण जंग गुरुङको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment