बेसीशहर पुस २
बेसीशहर- ब्यवस्थित र दूरगामी सोचका साथ आबधिक योजना बनाएर लमजुङ जिल्लालाई योजनाबद्ध ढंगल विकासको मार्गमा डोहोर्याउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
लमजुङको दोस्रो आबधिक जिल्ला विकास योजना तर्जुमाका लागि जिल्ला विकास समिति लमजुङले आयोजना गरेको जिल्ला विकास अबधारणा तर्जुमा कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । आइतबार बेसीसहरमा सम्पन्न भएको कार्याशाला गोष्ठीमा सहभागीहरुले आवधिक योजना अनुसार सबै पक्ष मिलेर जिल्लालाई विकासको मार्गमा हिडाउन सके जिल्लाको विकास छिट्टै हुन सक्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सभासद चन्द्रबहादुर कु“वरले स्थानीय निकायमा जनप्रतिनिधि नभएको अहिलेको अवस्थामा कर्मचारीहरुको भूमिका अहम हुने भएकाले निष्पक्ष भएर योजना कार्यान्वयन गरिनुपर्ने बताउनुभयो । लमजुङ जिल्ला विविध सम्भावना भएको जिल्ला भएकाले यहा“का सम्भावना पहिल्याएर अघि बढ्न सके लमजुङको विकास छिट्टै गर्न सकिने उहा“को भनाइ थियो ।
कार्यक्रममा बोल्दै अर्का प्रमुख अतिथि सभासद जमीन्द्रमान घलेले आबधिक योजना बनाउनु भन्दा पनि कार्यान्वयन पक्षमा जोड दिनुभयो । सभासद घलेले दृर्ढर् इच्छाशक्ति राखेर अघि बढ्न सके लमजुङको सम्बृद्धि धेरै टाढा नरहेको विचार राख्नुभयो । जिल्लाको योजनालाई सबै सरोकारवाला निकायले अपनत्व ग्रहण गरी कार्यन्वयनमा लाग्नुपर्नेमा जोड दिदैं घलेले साझा अभियानका रुपमा लिएर आबधिक योजनालाई कार्यन्वयनमा लैजानुपर्ने बताउनुभयो ।
स्थानीय विकास अधिकारी विष्णुक्त गौतमको अध्यक्षतामा भएको गोष्ठीमा नेपाली कांग्रेस लमजुङका सभापति कृष्णप्रसाद कोइराला, सचिव आनन्द घिमिरे, नेकपा एमालेका अध्यक्ष धनन्जय दवाडी, सचिव कृष्णप्रसाद अधिकारी, एनेकपा माओवादीका राज्य समिति सदस्य मेखबहादुर भण्डारी र राजु थापा, नेकपा माओवादीका सेक्रेटरी अबिरल न्यौपाने र सदस्य विजय गुरुङ, राप्रपाका अध्यक्ष बालचन्द्र श्रेष्ठ, संघीय समाजवादीका जिल्ला अध्यक्ष पृथ्वीमान घले लगायत राजनितिक दलका नेताहरुको उपस्थिति थियो ।
कार्यशालामा महिला, बालबालिका, आदिवासी जनजाति, दलित, मुस्लिम समुदायका प्रतिनिधिहरुलाई पनि बोलाइएको थियो । त्यस्तै विभिन्न विषयगत कार्यालयका प्रमुख तथा गैरसरकारी संस्थाका पदाधिकारीहरुको पनि कार्याशालामा सहभागिता थियो ।
पहिलो आवधिक योजना अनुसार कृषि, जडिबुटी, जलश्रोत लमजुङको आधार, दर्ीघकालीन दृष्टिकोण गरिबी निवारण र रोजगारलाई नारा तय गरिएकोमा यसपटकको योजनामा 'कृषि, पर्यटन, जलस्रोत र पर्ूवाधार, सम्बृद्ध र सुन्दर लमजुङको आधार' भन्ने नारालाई प्रस्ताव गरिएको र सबै क्षेत्रको रायसुझाव लिएर यसलाई अझै परिस्कृत बनाइने स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमले बताउनुभयो । उहा“का अनुसार गोष्ठीमा जिल्ला विकास अबधारणा तर्जुमा विधि तथा प्रक्रिया, जिल्ला विकास अबधारणा तर्जुमा विधि तथा प्रक्रिया, आबधिक योजना तर्जुमा सम्बन्धी कार्यहरुको विवरण, अबलम्बन गरिने विधिका बारेमा जानकारी गराइएको थियो ।
गोष्ठीमा प्रथम आबधिक योजनाको समिक्षाका क्रममा आएका सुझाव र निष्कर्षरुलाई दोस्रो योजनामा समेट्ने सहमति भएको छ । यसका लागि पुसको ७ गतेदेखि १२ गतेसम्म विषय क्षेत्रगत योजना तर्जुमा कार्यशाला गरिने जिविस लमजुङले जनाएको छ ।
No comments:
Post a Comment