scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

माग सुनुवाई नभएपछि बेसीशहरमा चक्काजाम

बेसीशहर पुस २
प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीलाई ज्ञापन पत्र बुझाएर बेसीशहरको जर्ीण्ा सडक मर्मतको लागि पहल गरिदिन आग्रह गरेको लमजुङ मर्स्याङदी युवा क्लवले माग सुनुवाई नभएपछि बेसीशहरमा चक्काजाम गरेको   छ ।
बेसीशहर सहित जिल्लाको मुख्य कालोपत्रे सडक ठाउ“ ठाउ“मा क्षत्रि्रस्त भए त्यसबाट र्सवसाधारण र सवारी साधनलाई समेत अप्ठेरो परेको भन्दै अघिल्लो साता क्लवले यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षा गराएको थियो । ठेकेदारले कामको जिम्मा लिएर पनि काम नगरेको गुनासोसहित ठेकेदारलाई काममा ल्याउन दवाव स्वरुप ज्ञापन पत्र बुझाइएको क्लवले जनाएको छ ।
ज्ञापन पत्रमा क्लवले सडकको काम सुचारु गराउन एकसाताको समय दिएकोमा सो अवधिमा काम शुरु नभएपछि बाध्य भएर सांकेतिक विरोधस्वरुप चक्काजाम गरिएको बताएको छ ।
क्लका अध्यक्ष सुरेश प्रधान सहित क्लवका पदाधिकारीहरुले बेसीशहरस्थित नारायणस्थान चोकमा शनिबार एक घण्टा चक्काजाम गरेका थिए ।
ठेकेदारले सदरमुकाममै केही ठाउ“मा सडक मर्मत गरेको छ । तर झिंगेखोला लगायतका सडक धेरै भत्केको ठाउ“मा मर्मतको काम गरेको छैन । कतिपय स्थानमा मर्मतको लागि भन्दै गिटी थुपारेर त्यसै छोड्दा सडक यात्रुले पनि सास्ती पाएका छन् भने यसबाट दर्ुघटनाको जोखिम पनि बढेको छ ।
ठूला ठूला आयोजनाका सडक क्षमता भन्दा वढी वजन बोकेका भारी सवारी साधनका कारण पनि बेसीशहरको सडक भत्कन गएको गुनासो र्सवसाधारणको छ । यसबाहेक सडक सा“घुरो र अब्यवस्थित भएकाले पनि समस्या उत्पन्न भएको बताइन्छ ।

No comments:

Post a Comment