scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

रोट्रयाक्ट क्लव अफ लमजुङको दोश्रो साधारण सभा

बेसीशहर पुस २ गते
बेसीशहर- रोट्रयाक्ट क्लव अफ लमजुङको रोटा वर्ष१३-१४ दोश्रो साधारण सभाले वर्ष२०१३/१४ को अवधिमा हाल सम्म गरिएका कार्यक्रमहरुको समिक्षा गरेको छ ।
साधारण क्लवका पदाधिकारीहरुले रोटा वर्ष१३-१४ को पर्ुवार्द्धमा भएका बिबिध कार्यक्रमहरुको बारेमा आफना जिम्मेवारी अनुसारका प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा क्लव र्सर्भिस डाइरेक्टर कृष्टि गुरुङले क्लव भित्र भएका गतिबिधिको बारेमा, प्रोफेशनल डेभलपमेण्ट र्डाईरेक्टर हेमन्त श्रेष्ठले ब्यक्तित्व बिकास सम्वन्धी भएका कार्यक्रमहरुको बारेमा, इन्टरनेशनल र्सर्भिस डाइरेक्टर संगमराज पाण्डेयले अन्तराष्ट्रिय क्लव संग सम्वद्ध भइ गरिएका विभिन्न क्रियाकलापको बारेमा र कोषाध्यक्ष जस्मिन गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
ती प्रतिवेदनमा क्लवका पर्ूव अध्यक्षद्वय शक्तिराज गुरुङ र रविन श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । क्लवबाट हालसम्म उल्लेख्नीय कार्यक्रम भएको भन्दै दुवै जनाले आगामी दिनमा थप ब्यवस्थित रुपमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा वर्ष२०१४-१५ का अध्यक्ष रेशम घिमिरेले आफनो कार्यकालमा गर्ने सम्भावित योजनाहरुको बारेमा जानकारी गराउर्“ख आफ्नो कार्यकालमा विगतका कामहरुलाई निरन्तरता दिने र नया“ थप कार्यक्रमहरु गर्ने योजना रहेको सुनाउनु भएको    थियो । 
साधारण सभाले रोटावर्ष१४-१५ का लागि मुख्य पदाधीकारी पनि चयन गरेको छ । आगामी कार्यकालका लागि सचिवमा हालका सम्पादक बिक्रम वाइवा, कोषाध्यक्षमा हालका सदस्य सुशिला पौडेल र रोटा वर्ष१५-१६का अध्यक्षको लागि हालका प्रथम उपाध्यक्ष रुपेश खतिवडालाई चयन गरिएको बताइएको छ ।
साधारण सभामा रोटरी क्लव अफ लमजुङका वर्ष१३-१४ का अध्यक्षर् इश्वर जोशी र पर्ूव अध्यक्ष एवं रोट्रयाक संरक्षक रामकुमार श्रेष्ठको बिशेष उपस्थिति रहेको थियो । उहा“हरुले रोटरी क्लवको खम्वा रोट्रयाक्ट क्लव भएकाले भावीदिनहरुमा दुवै क्लवले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको थियो ।
रोट्रयाक्ट क्लव अफ लमजुङका अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा  दुइ जनाको सदस्यता थप गरिएको छ । यसैबीच रोट्रयाक्ट क्लव अफ लमजुङका पर्ूव अध्यक्ष रविन श्रेष्ठ रोटा वर्ष२०१४-१५ का लागि रोट्रयाक्ट नेपाल अर्न्तर्गत जोन ११ को प्रमूखको लागि सिफारिस गरिएको अध्यक्ष सन्देश पौडेलले बताउनुभयो ।
यस जोन अर्न्तर्गत पर्ने लमजुङ तनह“ु र गोरखाको रोट्रयाक्ट प्रमुखहरुको भेलाले श्रेष्ठलाई जोन प्रमुख प्रतिनिधीको रुपमा  श्रेष्ठलाई र्सवसम्मत सिफारिस गरेको पौडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment