scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

लमजुङका गुरुङ समुदायले यसबर्षो ल्होसार विविध कार्यक्रमका साथ भब्य रुपले मनाउने

बेसीशहर पुस २ गते
 बेसीशहर- लमजुङका गुरुङ समुदायले यसबर्षो ल्होसार विविध कार्यक्रमका साथ भब्य रुपले मनाउने तयारी गरेका छन् ।
गुरुङ समुदायको महान पर्व ल्होसारका अवसरमा तमु ह्युला छोंज धिं लमजुङले विविधि कार्यक्रमका साथ ल्होसार मनाउने तयारी गरेको हो । हरेक बर्षपुस १५ गते ल्होसार मनाउने गरिन्छ । यस बर्षर्सप वर्ग -सप्रील्हों)को विदाइ र घोडा बर्ग -तह्ल्हो)को स्वागतमा गुरुङहरुले नया“ बर्षमनाउ“दै छन् ।
तमु छो“ज धिं लमजुङले महान पर्व ल्होसारको अवसरमा आगामी पुष २१ गते शुभकामना आदन प्रदान तथा चियापान, सोही दिन दिउ“सो तमु विद्यार्थी छो“ज धिंको आयोजनामा गुरुङ भाषाको कविता प्रतियोगिता र पुस २२ गते गुरुङ भाषा र भेष भुषामा नृत्य प्रतियोगिताको आयोजना हुने जानकारी दिएको छ ।
विगतमा ल्होसारमा सेलरोटी र मासुमा सिमित रहने गरेको ल्होसारलाई पछिल्ला बर्षरुमा थप हर्षोल्लासका साथ मनाउन थालिएको छ । पुस १५ मा ल्होसार पर्ने भए पनि त्यस अगावै र त्यसपछि पनि ल्होसारको रमझम जारी रहन्छ । विगत केही बर्षयता परम्परादेखि चल्दै आएको संस्कृति संरक्षण गर्न संस्थागत रुपमा ल्होसार मनाउन लागिएको तमु ह्युला छो“ज धी“ लमजुङका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।
यसैबीच तमु ह्युला छोंज धिं लमजुङले ल्होसारको अवसरमा पुष २२ गते बेसीशहरमा आयोजना हुने कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका तीन जना गुरुङ ब्यक्तित्वहरुलाई सम्मान गर्ने जनाउ दिएको छ । हिलेटक्सार ३ का ठाकुरप्रसाद गुरुङ, तमु ह्युला छो“ज धी“ भोटेवडार्रर् इकाईका अध्यक्ष किर्तीमान गुरुङ र प्रगतिटोल आमा समुह बेसीशहरका पर्ुव अध्यक्ष स्वगिर्य फौतीकुमारी गुरुङलाई मरणोपरान्त सम्मान गर्न लागिएको बताइएको छ ।

No comments:

Post a Comment