बेसीशहर पुस २ गते
कृषि तथा भू-संरक्षण मन्त्री टेकबहादुर थापा र्घर्तीले कृषिको ब्यवसायिकीकरण गर्न सके देशको मुहार फर्ेन सकिने बताउनुभएको छ ।
पसगाउ“मा नवनिर्मित लघु जलविद्युत आयोजनाको उद्घाटन गर्दै मन्त्री थापाले परम्परागत कृषि प्रणालीले निर्वाह मात्र चल्ने भएकाले यसलाई ब्यवसायीक बनाउन सके यसबाट धेरै फाइदा लिन सकिने बताउनुभयो । यसका लागि कृषि मन्त्रालयले नया“ रणनीति अख्तियार गर्न लागेको भन्दै मन्त्रीले देशको विकासका लागि कृषि क्षेत्रको विकास हुनुपर्नेमा जोड दिनु भयो ।
मन्त्रीले कृषि ब्यवसायीक नभएसम्म कृषिमै आश्रति अधिकांश नेपालीको जीवनस्तर उकासिन नसकिने भएकाले यसकास लागि सरकारले ठोस कदम चाल्न लागेको जानकारी दिनुभयो ।
मन्त्री र्घर्तीले वन जंगलबाट पनि देशको अवस्था फर्ेन सकिने धारणा राख्नुभयो । वन जंगलको समुचित ब्यवस्थापन र उपयोग गर्न सके यसबाट देशले निकै फाइदा लिन सक्ने र समुदायको उन्नति पनि हुने बताउनुभयो । वनजंगलसंग सम्बन्धित उद्योगहरुको स्थापना गरी वन पैदावारबाट जनतालाई लाभान्वित बनाउन सके यसबाट पनि जनताको जीवनस्तर उकास्न सकिने मन्त्रीको भनाई थियो ।
मन्त्री र्घर्तीले वनजंगलको संरक्षण र ब्यवस्थापनका लागि त्यस क्षेत्रमा अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना -एक्याप)ले गरेको योगदानको पनि प्रशंसा गर्नुभयो । उहा“ले भुजुङ, घलेगाउ“, भोजे, पसगाउ“लगायतका क्षेत्रमा एक्यापले शुरु गरेको चियाखेतीलाई विस्तार र पर््रबर्द्धनको कार्यक्रमलाई प्रभावकारी रुपले अघि बढाउन एक्यापका कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो ।
कार्यक्रममा मन्त्री र्घर्तीले पसगाउ“सम्म मोटरबाटो पुर्याउन आफूले पहल गर्ने आश्वासन समेत दिनुभएको थियो । करापुटार-साल्मेभञ्ज्याङ-सिङदी सडक शुरु भएको बर्षौसम्म पनि पुरा हुन नसकेको भन्ने जनताको गुनासोको जवाफ दिने क्रममा मन्त्री र्घर्तीले पसगाउ“सम्म सडक पुर्याउन छुट्टै अध्ययन गर्नुपर्नर्े बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङले विकासको पहिलो पर्ूवाधार सडक भएकाले पसगाउ“सम्म सडक जोड्नुपर्नेमा मन्त्रीको ध्यानाकर्षा गराउनुभएको थियो । सडक निर्माणपछि मात्र अन्य विकासका ढोका खुल्ने उहा“ले बताउनुभयो । कार्यक्रम लघु जलविद्युत आयोजनाका अध्यक्ष मनलाल गुरुङको अध्यक्षतामा भएको थियो ।
No comments:
Post a Comment