scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

भक्ति नमूना उच्च माविमा व्यवस्थापन समिति चयन

बेसीशहर पुस २ गते
 भोटेओडारस्थित भक्ति नमूना उच्च माविमा नया“ व्यवस्थापन समिति चयन गरिएको छ । आइतबार जिल्ला शिक्षा कार्यलय लमजुङका उपसचिव किशानराज चिलुवालको संयोजकत्वमा सम्पन्न अभिभावक भेलाले रघुनाथ अधिकारीको अध्यक्षतामा नया“ ब्यवस्थापन समिति गठन गरेको हो । 
ब्यवस्थापन समितिका सदस्यहरुमा कमला श्रेष्ठ, रुपराज अधिकारी र नर बहादुर परियार रहनुभएको छ । 
शिक्षा नियमावली अनुसार विद्यालयका प्रधानाध्यापक पदेन सदस्य सचिव रहने प्राबधान अनुसार प्रधानाध्यापक उत्तरकुमार श्रेष्ठ पदेन सदस्य सचिव चयन हुनुभएको छ । सोही अभिभावक भेलाले  कृष्णमान गुरुङको अध्यक्षतामा शिक्षक अभिभावक संघको चयन गरेको छ । संघका सदस्यहरुमा महेन्द्र बहादुर सापकोटा, पर्ूण्ाकान्त सापकोटा र मोहन कार्की चयन हुनुभएको   छ ।
       अभिभावक भेलामा नेपाली कांग्रेस भोटेओडार गाउ“ कार्य समितिका सभापति नारायण बहादुर कु“वर, नेकपा एमाले भोटेओडार गाउ“ कमिटीका अध्यक्ष प्रेम जिसी, एकीकृत नेकपा माओवादी भोटेओडार गाउ“ कार्य समितिका सचिव डिल बहादुर कार्की, भोटेओडार गाविसका अध्यक्ष एवं सचिव डिल्लीराम शर्मा, विद्यालय ब्यवस्थापन समितिका पर्ुव अध्यक्षहरु नरहरि अधिकारी, नेत्र बहादुर कुव“र, हरिकुमार श्रेष्ठ, हर्रि्रसाद अधिकारी, भीमलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष लिलाधर सापकोटा, पर्ूव शिक्षक कृष्णकान्त खनाल, चित्र बहादुर कार्की, डम्बर बहादुर कार्की, पर्ुव प्रअ धुव्र बहादुर कुव“र लगायत शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
  नवगठित समितिलाई भेलाका संयोजक चिलुवालले नवगठित समितिलाई बधाई दिनुभएको थियो ।
       भेलामा विद्यालय ब्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष रघुनाथ अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न आफु सधै लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्दै सम्पर्ुण्ा अभिभावकहरुलाई धन्यवाद दिनुभएको थियो । समितिका निवर्तमान अध्यक्ष लिलाधार सपकोटाले आफू पनि विद्यालयको हितको लागि सधै तत्पर रहने प्रतिबद्धता जनाउनु भएको थियो ।
अघल्लो कार्यकालका लागि ब्यवस्थापन समिति गठनमा सहमति नह“दा निकै समस्या परेकोमा यसपटक गठनमा केही सजिलो भएको बताइन्छ।

No comments:

Post a Comment