scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

पञ्चविचार प्रा.वि.मा एककक्षाकै विद्यार्थी कम्प्युटरमा दक्ष

छविलाल बगाले
बेसीशहर पुस २ 
लमजुङका अधिकांश सरकारी विद्यालयमा कम्प्युटर छन् कतिपयमा ठूला कक्षामा कम्प्युटर विषयको पढाइ भएको पनि छ, धेरैमा त दराजमा थन्क्याइएको पनि पाइएको छ । कतिपय विद्यालयमा विद्यार्थीहरु कम्प्युटरको पाठ पढ्दा शिक्षकको अनुमतिमा दराज खोलेर कम्प्युटर हर्ेछन, अनि सुम्सुमाएर मात्रै र्फकन्छन ।  
सामान्यतया एक कक्षामै पढ्ने विद्यार्थीले कम्प्युटर चलाउन पोख्त भएको सायद कमै होलान् । तर, लमजुङको भुलभुलेमा रहेको पञ्चविचार प्राथमिक विद्यालयमा पुग्दा भने एक कक्षाका विद्यार्थीले नै कम्प्युटरमा सहजै काम गरेको देख्न सकिन्छ ।
विद्यालयमार् इ-पार्टर्ीीार्यक्रम लागु भएपछि कक्षा १ मा अध्ययन गर्ने विद्यार्थीहरुले सहजै रुपमा कम्प्युटर खोल्न, बन्द गर्न र चलाउन मात्रै हैन त्यसको रामै्रस“ग सदुपयोग गर्न सकेका छन् ।  पञ्चबिचार प्राविमा २०६९ सालबार्टर् इ-पार्टर्ीीार्यक्रम लागु गरिएको हो । अंग्रेजी माध्यममा पर्ढाई हुने सो विद्यालयमा १ र २ कक्षाका बिद्यार्थीहरुलाई कम्प्युटरको माध्यमबाट अध्यापन गरिएको प्रधानाध्यापक नन्दराज तामाङले बताउनुभयो । प्रधानाध्यापक तामाङले क्रमशः पा“च कक्षासम्म 'वान चाइल्ड, वान ल्यापटप' कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको बताउनु भयो ।
२०४४ सालमा भुलभुले गाउ“मा स्थापना भएको यो सानो विद्यालयले ठूलो आशा राखी २०६८ मा रजत महोत्सव गरी केही रकम संकलन गरेको थियो । रजत महोत्सवमा संकलन भएको रकमबाट विद्यालयले अंग्रेजी माध्यमका पर्ढाई र्रर् इ-पार्टर्ीीार्यक्रम लागु गरेको छ । यसका लागि कम्प्युटर खरिद गर्न जिल्ला विकास समिति लमजुङले १ लाख, जिल्ला शिक्षा कार्यालयले ५० हजार रुपैया“ सहयोग गरेका थिए र्।र् इ-पार्टर्ीीार्यक्रमका लागि ६ लाख रुपैया“ खर्च भएकोमा बा“की रकम सबै विद्यालयको स्रोतबाट खर्च गरिएको शिक्षक मकनप्रसाद तामाङले बताउनुभयो ।
विद्यालयमा म्यागासासे पुरस्कार विजेता महाविर पुनको नेपाल वायरलेस प्रोटेक्टले वायरलेस इन्टरनेट जडान गरिदिएको छ । २०४४ सालमा स्थापना भएको विद्यालयमा करिब ८० जना विद्यार्थी अध्यनरत छन् । ३ स्थायी दरबन्दीसहित विद्यालयमा ८ जना शिक्षक छन् । विद्यालयको भौतिक अवस्था राम्रो हु“दाहु“दै पनि बोडिर्ङ स्कुलप्रति आकर्षण बढ्न थालेकाले शैक्षकि गुणस्तरस“गै अंग्रेजी माध्यमबाट पढाउन चन्दा संकलन गरिएको थियो ।
भुलभुले र खुदी गाविसको केन्द्रमा रहेको सो विद्यालयमा अग्रेजी माध्यम र कम्प्युटर पद्धतिबाट अध्यापन गराउन थालेपछि धेरै विद्यार्थी आफ्नै गाउ“घरमा फर्किएका छन । अंग्रेजी माध्यममा पर्ढाई शुरु गर्नुभन्दा पहिला ६० जनाको हाराहारीमा विद्यार्थी रहेकोमा हाल २० भन्दाबढी विद्यार्थी बढेको विद्यालयले जनाएको छ ।

No comments:

Post a Comment