scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

प्रचण्ड र अनैतिकताको पराकाष्टा (राजनीतिक लेख) -मोहनहरि पौडेल

सुनि जान्नेदेखि जान्ने र भोगिजान्ने मान्छेहरु राजनीतिलाई फोहोरी खेल भन्दछन्/ठान्दछन् । राजनीति फोहोरी खेल हो या होइन छुट्टै बसहको विषय हुन सक्छ । तथापि नेपाली राजनीति र त्यससंग सम्बन्धित केही राजनैतिक प्राणीहरुको राजनैतिक जीवनचर्यालाई सरर्सर्ती र सतही रुपमै हर्ेदा पनि माथिको भनाईलाई चरितार्थ गर्न धेरै बल पुगेको देख्न सकिन्छ । त्यस्तै प्राणीमध्येका कथित ठूला प्राणी हुन् पुष्पकमल दाहाल उर्फप्रचण्ड । उनको राजनैतिक जीवन नै झुट, षडयन्त्र र अनैतिकताको पराकाष्टाको पर्याय जस्तो देखिन्छ ।
उनको उत्थानको चरणमा उनी निकै शक्तिशाली भए । उनी नेपाली क्रान्तिका महानायक कहलिए । जुन समयमा उनले आफ्नो ँकरिअर’ निर्माण गरे । नजिकबाट चिन्नेहरु उनलाई करिअरिष्टका रुपमा चिन्दथे र आलोचना गर्दथे । उनका आफ्ना र्समर्थक र फ्यानहरु उनीमाथि लागेका सबै आरोपहरु विना शर्त खारेज गर्दथे । र सबै आरोपहरु विपक्षी र विरोधीहरुको आरोपका रुपमा बुझ्दथे । कमरेड माओ पछिका विश्व कम्युनिष्ट आन्दोलनका नायकका रुपमा स्वीकार गर्दथे । त्यही इमान्दारिता, सम्मानभावको धरातलमा उनले आफ्नो अनैतिक, पाखण्डपर्ूण्ा राजनैतिक फसललाई उर्वर पारे र नीजि सम्पत्तीको रुपमा भित्र्याउने प्रयत्न गरे ।
सुगौली सन्धीदेखि यता अर्ध औपनिवेशिक र अर्धसामन्ती अवस्थामा रहेको नेपालमा जनवादी क्रान्तिका लागि पचासको दशकमा प्रचण्डको नेतृत्वमा रहेका तत्कालीन नेपाल कम्युनिष्ट पार्टर्ीी हतियारबद्ध युद्धको घोषणा गर्‍यो । त्यो सशस्त्र युद्ध करिब १० बर्षसम्म चल्यो । यस अवधिमा धेरै नेपालीहरुको ज्यान गयो । नीजि, सामाजिक र र्सार्वजनिक सम्पत्तीको क्षति भयो । कतिको अंग भंग भयो । चिल्ली विल्ली भयो । यसको मूल्यमा नेपालमा परम्परागत रुपले चल्दै आएको राजसंस्था र राजतन्त्रको अन्त्य भयो । यही चिहानमाथि उनी गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बने ।
हुन त उनले जनयुद्धकालमा पनि विरोधाभास र अनैतिक कामहरु गरेका रहेछन् । भूमिगत समयमा सबै नेता कार्यकर्ताहरुलाई थाहा नहुने, गोपनियताका नाममा छिप्ने कुरा भए । उनको र्सार्वजनिक जीवनमा ती सबै चमत्कारहरुका रहस्य र भेदहरु खुल्दै जान थाले । प्रायः सबै अनैतिक कार्यहरु उनले बाबुराम भट्टर्राईलाई मतियार बनाएको विगतका अध्ययन र अनुभवहरुले र्सार्वजनिक बनाएका छन् । सुनौलो भविष्य, समूह र न्यायपर्ूण्ा समाजको निर्माणको सपना देखाएर उनले नौजवान युवाहरुलाई युद्धमा होमे । देशीय सामन्तवाद र भारतीय विस्तारवादको विरुद्ध लड्ने क्रान्ति चेत भरिदिए । उनी आफू मतियार बाबुराम भट्टर्राईलाई साथ लिएर भारतीय सरकार, आई वि-भारतको आन्तरिक गुप्तचर संस्था) ँरअ’-भारको बाहु गुप्तचर संस्था)का दैला दैलामा चाहरेर उनीहरुको हित विपरित कुनै गतिविधि नगर्ने प्रतिबद्धता नगर्ने प्रतिबद्धता गरेर भारतीय शहरहरुमा गुप्तबास बसे । नेपाली धर्तीमा परिवर्तन र न्यायको पक्षमा लडेका योद्धाहरुको रगतको मूल्यले आर्जेको सम्पत्ती हसुरेर डकारे । अर्कातिर भारतीय संस्थापन र ँरअ’ को निर्देशन अनुसार आफ्नै पार्टर्ीी नेताहरु मोहन बैद्य -किरण) लाई बंगालका सिलगुढी र सी.पी. गजुरेललार्य तामिलनाडुको चेर्न्नई -मद्रास), सुरेश आले, अनिल शर्मा लगायतलाई पटनाबाट गिरफ्तार गर्न लगाएर चुनवाङ वैठकको प्रपञ्च गरेर भारतीयहरुकै निर्देशन र रोहबरमा उनीहरुकै हित अनुकूल दोस्रो दिल्ली सम्झौता गरे । बाबुराम भट्टर्राईलाई साथै लिएर काठमाण्डौं शहर छिरे । जनयुद्धको विधिवत विघटन गरे ।
निश्चित राजनैतिक उद्देश्य लिएर बोकेका/बोकाईएका बन्दूकहरु खिया लाग्ने गरी कन्टेनरमा राख्न लगाएर युद्धमा बलिदानीपर्ूवक लडेका योद्धाहरुलाई अयोग्यको विल्ला भिराएर जवर्जस्त ब्यारेकबाट निकाला गरे । जनमुक्ति सेनाका कमाण्डरहरु लगाएर स्वेच्छिक अवकास -बहिर्गमन)मा गएका लडाकुहरुले पाउने रकमहरु कब्जा गर्ने, चेक खोस्ने, कुटपीट, यातना र अपमान गर्न लगाए । गयल लडाकुहरुको नाममा राज्यकोषबाट निकासा हुने अरबौं रकम कुम्ल्याएर भ्रष्टाचार गरे । अन्ततः नेपाली सेना लगाएर जनमुक्ति सेना र कण्टेनरका हातहतियार कब्जा गर्न लगाए ।
पहिलो संविधानसभाबाटै संविधान दिनर्ुपर्छ सम्मानजनक सेना समायोजन हुनर्ुपर्छ, सेना समायोजन -शान्ति प्रक्रिया) र संविधान निर्माण संगै हुनर्ुपर्छ । संविधान राष्ट्रिय स्वाधीनताको पक्षमा हुनर्ुपर्छ । जनतन्त्र र जनजीविकाको प्रत्याभूति हुनर्ुपर्छ भन्ने पार्टर्ीीत्रका क्रान्तिकारी र इमान्दार नेता कार्यकर्ता प्रति वक्र दृष्टि राख्ने, घोषित नीतिका विरुद्ध जाने, क्रान्तिकारीहरुलाई अलमलमा पार्न दक्षिणपन्थी संशोधनवादीहरुसंग विचारलाई तिलाञ्जली दिएर एकता गर्ने तर कार्यकर्ताहरुलाई क्रान्ति र परिवर्तनका भ्रमपर्ूण्ा प्रशिक्षण गरिरहने कार्य गरिरहे ।
भारतीय वैभवमा सुखका दिन विताएका प्रचण्ड/बाबुराम मण्डली विकट रोल्पाको जनजीवनमा बस्न सकेनन् । शान्ति वार्ताको नाममा शहर पसे । विलासी जीवनका ठूल्ठूला ब्यवसायी, ठेकेदार, तस्करहरुको संगतमा लागेर सम्पत्ती थुपार्न थाले । सरकारी सुरक्षा निकायको सुरक्षा प्रवन्धमा रमाउन थाले । पार्टर्ीी कार्यकर्ताका लागि उनी दर्ुलभ हुन पुगे । संगत अनुसारको फल भनेझैं उनको मन, बचन र कर्म र्सवहारा श्रमजीवि जनताको पक्षमा नभै उनै सम्भ्रान्तहरुकै सेवामा वित्न थाले । उनले आफूलाई जंगबहादुर ठाने । समाज फर्ेन हि“डेका पुष्पकमल आफै फेरिए । कुहिगन्धे हिलोमा गढेका उनलाई सहकर्मीहरुले नुहाउन र सफा हुन पटक पटक आग्रह गरे । तर पनि उनले त्यस्तोर् इच्छाशक्ति पर््रदर्शन गर्न सकेनन् । बस उनी नया“ बानेश्वरबाट लाजिम्पाटमा प्रमोशन भए । भित्रीया र ल्याइते कमरेडहरुले उनको नया“ जीवनको करताल ध्वनीले स्वागत गरे र जय जयकार मनाए । त्यही यात्रामा युवराज दाहालको पञ्चैबाजा बजाएर दोस्री बुहारी भित्र्याएको छोटै समयमा सगरमाथाको शिखरबाट प्रेम प्रणयमा बा“धिएकी सहयोद्धाकी विवाहित श्रीमति विना मगरलाई गृह प्रवेश गराएर अन्तर्जातिय विवाह, जनजाति विवाह र संस्कृतिको कुरुप नमुना पर््रदर्शन गरे । दुःखको बेला सुम्पिएकी प्रवासी नेपाली बद्रीनारायण प्रधानकी बुहारी, नायारण प्रधानकी श्रीमती पुष्पकमलकी कान्छी छोरी गंगालाई विरगञ्जतिरका ठूला ब्यापारीसंग दोस्रो विवाह गरिदिएर आफू मधेस पक्षधर, ठूला ब्यापारी र घरानीया पक्षधर भएको सन्देश दिए । र्सवहारा वर्गका मुक्तिदाता, क्रान्तिका नायक पुष्पकमल दाहाल प्रचण्ड उच्च विलासिताको नसामा झुमिरहे ।
पहिलो संविधानसभामा उनले नेतृत्व गरेको नेकपा माओवादी सबैभन्दा ठूलो पार्टर्ीीनेर पहिलो भयो । प्रचण्डका दाहिने हात बाबुराम भट्टर्राईले गोरखा १ बाटा मतदाा भन्दा बढी मत ल्याएर संविधान सभाको निर्वाचनमा पनि र्सवप्रथम भए । त्यसपछि उनीहरुको उन्मादको पाटो ह्वात्तै बढ्यो । पहिलो हुनेले जित्ने -प्रत्यक्ष) निर्वाचन प्रणालीमा हारेका अन्य पार्टर्ीी नेताहरुलाई हरुवा, चरुवा जसता शब्दहरु प्रयोग गरेर अपमान गरे । फूटपाथको ज“ड्याहाले झैं विहान, दिउसो, बेलुकी कुरा फेरेर बोल्दै हि“ड्न थाले । कथनी र करनीमा तीब्र फरक हुन थाल्यो । नबोलेको कुरा गर्ने, गरेको कुरा नबोल्ने, नीतिलाई पार्टर्ीीत्र र बाहिर प्रयोग गरेर सबैलाई दिक्क पारे । उनको शैली तरिकालाई मन नपराउने सबैलाई शत्रु देख्न थाले । अन्ततः पार्टर्ीीर्ुनर्गठन गर्नुपर्ने स्थितिमा पुग्यो । क्रान्किारी विचार, सिद्धान्त, राजनीतिलाई जोगाई राख्न मोहन बैद्य -किरण) को नेतृत्वमा ने.क.पा.-माओवादी पर्ुनर्गठन भयो । ने.क.पा. र माओवादी शब्दको बीचमा प्रयोग गरिएको योजक --)लाई ड्यास माओवादी, माइनस माओवादी भनेर क्रान्तिकारी योद्धाहरुको अपमान गर्न थाले । धन सम्पत्ती कुम्ल्याएर अमिर भएका उनीहरुलाई पनि जनताले क्यास -नगदे धनी) माओवादी भन्न थाले । क्यास र ड्यास गरी दर्ुइ माओवादी भयो । यसरी आफू बाहेकलाई होच्याउने, अपमान गर्ने, चरित्र हत्या गर्ने काममा उनी र उनका फ्यानहरु तल्लिन रहे र आत्मरतिमा रमाए ।
हातको चरा उडाएर उनीहरु जंगलको चरा छोप्न हि“डे । हु“दा छ“दाको संविधान सभा विघटन गरेर अर्को संविधानसभाको निर्वाचन बाबुराम भट्टर्राई नेतृत्वको सरकारले घोषणा गर्‍यो । नेपालको विद्यमान संविधान कानुन, ऐन, राजनैतिक नैतिकता विपरित प्रचण्डको पार्टर्ीी प्रधानन्यायाधीशको नेतृत्वको सरकारले निर्वाचन गराउनु पर्ने निर्ण्र्ाापारित गर्‍यो । प्रारम्भिक असहमतिको बाबजुद केही पार्टर्ीी त्यही दिसामा वगे । प्रचण्ड मुलुक आफ्नो निर्ण्र्ाामुताविक बगेको देखेर मख्ख परे । जु“गामा ताउ लगाएर मुसुक्क हा“से । दलीय ब्यवस्थामा निर्दलीय सरकार बनाएर चुनावमा जान नहुने, बहालवाला प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्दा, कार्यपालिका र न्यायपालिकाको नेतृत्व एकै ठाउ“मा हुने हु“दा शक्ति पृथकीकरणको संसदीय मान्यता विपरित हुने कुरा लगाएका फरक मतसहित नेकपा-माओवादी र उसको नेतृत्वको ३३ दलीय मोर्चाले यसलाई सच्याउन पार्टर्ीी, सरकार र राष्ट्रपति समेतलाई अपील गर्‍यो । आह्वान गर्‍यो । चारदलीय सेण्डिकेटका नाइके दाहालले यो कुरा सुन्दै सुनेनन् मात्र होइन कि अरुलाई सम्म सुन्न दिएनन् ।
विरोध र असहमतिका बीचबाट संविधान सभाको निर्वाचन हुने भयो । फेरि पनि दाहालले मोर्चालाई चुनावमा जान नदिने, उनीहरुमाथि दमन गर्ने, बल प्रयोग गर्ने नीति र योजना सरकारलाई दिने नेतृत्वकारी काम गरे । त्यति मात्र होइन, निर्वाचनका दुवै प्रणालीबाट छुटेका तर संविधान सभाका लागि आवश्यक ठानिएका समाजका प्रतिष्ठित ब्यक्रिहरुका लागि संवैधानिक रुपले ब्यवस्था गरिएको तर सहमतिका आधारमा बा“डफा“ड हुने २६ सीट नेकपा माओवादीलाई दिने जसता गैर संवैधानिक, गैर राजनीतिक कुरा गरेर जनतामा भ्रम पार्ने र संबन्धित शक्तिलाई गम्भीर अपमान गर्ने मनसायका साथ बोल्दै हि“डे ।
अन्ततः संविधानसभाको कथित दोस्रो निर्वाचन भयो । एउटा महत्वपर्ूण्ा शक्तिलाई बाहिरै राखियो । जनताले प्रचण्डको नियत, शैलीलाई गम्भीरतापर्ूवक नियालेकै थिए । जनताले उनको पार्टर्ीीई ठीक्क २६ सिट दियो । चुनावमा लज्जाजनक हार र त्यसपछिका परिणामलाई नियालेर उनले मध्यरातमा बक्तब्य दिएर चुनावमा धा“धली भएको कपोलकल्पित, बदनियतपर्ूण्ा कुरा गरे । पार्टर्ीींक्तिबाट आउने आलोचना र आक्रमणको वेगलाई अन्यत्र मोड्न उनले धा“धलीका तारजालीको तटबन्ध हाले । दूधको साक्षी विरालो भनेझैं आफ्नै पार्टर्ीी एकजना नेताको नेतृत्वमा उच्चस्तरीय तथ्य संकलन कार्यदल गठन गरेर कार्यकर्ताको ध्यान अन्तै मोडिदिए । निर्वाचन भब्य भएको, ऐतिहासिक भएको, अद्वितीय भएको, यसतो चुनाव गराउन सफल सरकार, निर्वाचन आयोग, कर्मचारीतन्त्र, सुरक्षा निकाय, जनता सबैलाई मंसिर ४ गते बेलुकी नै बक्तब्यमार्फ धन्यवाद दिएका दाहाल र उनको पार्टर्ीी फरक मत परिणाम आउने वित्तिकै सबैलाई शत्रु देख्न थाले । उनीहरुको आ“खामा एकाएक मोतिविन्दू लाग्यो । कार्यदलले उनीहरुलाई हराउन कर्मचारी र नेपाली सेनाले भूमिका खेलेको, सेनाका ब्यारेक मतपत्र साट्ने लगायतका काम गर्ने थलो बनाईएको निर्वाचनमा नीतिगत, संरचनागत र प्रक्रियागत धा“धली भएको भन्ने भ्रमपर्ूण्ा, निराधार प्रतिवेदन पेश गरेको छ । 
लक्ष्य चुम्न शुरु गरिएका महायात्रालाई गाईजात्रामा परिणत गरेर धमिलो पानीमा माछा मार्न माहिर दाहाल यस पटक उनकै नीति, रवैयाका कारण नराम्रोसंग पछारिएका छन् । मार्क्सवादका धुरन्धर दाहालले "वस्तुको विकास र विनास उसको आन्तरिक कारणले हुन्छ" भन्ने मार्क्सवादी आधारभूत मान्यता नै विर्सर्ेेआत्मसमीक्षा आत्मालोचना गर्नुका बदला अरुलाई दोष दिएर पानीमुनिको ओभानो हुन खोज्नु हद दर्जाको अनैतिक कार्य हो भन्दा शायदै फरक मत होला । "विनाशकाले विपरित बुद्धि" भनेझैं राजनीतिको शिखरबाट खस्कदै गरेका दाहाललाई आत्मज्ञान कसले देला - उनको यो राजनैतिक पतन र भ्रष्टाचारी कर्मलाई लोकमान सिं कार्कीले पनि थाम्न सक्ने छैनन् । खुमबहादुर खड्का, गोन्दिराज जोशी, चिरन्जीवी वाग्ले, जयप्रकास प्रसाद गुप्ताझैं सदर खोर बसेर मात्र उनको होस खुल्ने हो कि - सक्छ भने कुनै प्रभुले उनको रक्षा गरोस् ।
-लेखक नेकपा-माओवादीका वैकल्पिक केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज हुनुहुन्छ ।)


No comments:

Post a Comment