scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

कांग्रेसका ५ जना नेता विरुद्ध अनुशासनको कारबाही गर्न सिफारिस, कांग्रेसभित्र विवाद बढ्यो

बेसीशहर- संविधानसभाको निर्वाचनमा पार्टर्ीी उमेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति लमजुङ क्षेत्र नंं १ ले पा“च जनालाई कारबाहीको लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।
गएको निर्वाचनमा आफ्नो पार्टर्ीी उमेदवार डा टकराज गुरुङ पार्टर्ीी नेताहरुको अन्तर्घर्ााा कारण पराजित भएकोले उहा“लाई हराउन भूमिका खेल्नेहरुलाई कारबाही गर्न कार्यकर्ताहरुले अनुरोध गरे अनुसार क्षेत्रीय भेला बोलाएर ती नेताहरु उपर कारबाहीको सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
क्षेत्रीय समितिले नेपाली कांग्रेस लमजुङका पर्ूव सभापतिद्वय शंकरकान्त जोशी र तुलसी नारायण श्रेष्ठ, महासमितिका सदस्यद्वय खुशीमान गुरुङ र इन्दिरा तिवारी तथा चिती गाउ“ कार्य समितिका सभापति प्रकासबाबु तिवारीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो । यसका साथै चिती गाउ“ कार्य समितिका सभापति प्रकास बाबु तिवारीलाई क्षेत्रीय समितिले निलम्बन गरी उहा“को सट्टा उपसभापति भीमनाथ दवाडीलार्य कार्यबहाक सभापतिको जिम्मेवारी तोकेको छ ।
क्षेत्रीय सभापति विष्णुप्रसाद धितालको अध्यक्षतामा भएको भेलाले उहा“हरुलाई ५ बर्षम्म साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो ।
गएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार डा टकराज गुरुङ नेकपा एमालेका उमेदवार जमीन्द्रमान घलेसंग ८ सय ९८ मतले पराजित हुनु भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु नेतृत्वसंग रुष्ट भएका छन् । आफ्नै पार्टर्ीी उमेदवारलाई हराउन लागि परेका भन्दै ती नेताहरुलाई कारबाही नगरे आफूहरु पार्टर्ीी नरहने चेतावनी कार्यकर्ताले दिएपछि क्षेत्रीय समितिले कारबाही गरेको बुझिएको छ । क्षेत्र नंं १ मा जस्तै क्षेत्र नंं २ मा पनि पार्टर्ीी उमेदवारलाई हराउन पार्टर्ीीभापति कृष्ण कोइराला लगायतका नेताहरु लागि परेको गुनासो कार्यकर्ताको छ । यद्यपी क्षेत्र नं. २ मा पार्टर्ीी उमेदवार चन्द्रबहादुर कु“वर विजयी भए पनि अन्तर्घर्ााा कारण धेरै मत नआएको कार्यकर्ताको गुनासो छ । कार्यकर्ताले पार्टर्ीीभापति लगायतलाई कारबाहीको माग गरेका छन् ।
यसैबीच कारबाही सिफारिसमा परेका अनुसाशन समितिका संयोजक तुलसी नारायण श्रेष्ठ र पर्ूव सभापति शंकरकान्त जोशीको उक्साहटमा उनीहरुसंगै कारबाही सिफारिसमा परेका चिती गाउ कार्य समितिका सभापति प्रकाशबाबु तिवारीले गाउ कार्य समितिको भेला बोलाएर क्षेत्र नं. १ का सभापति विष्णु धिताल र पराजित उमेदवार तथा महासमितिका सदस्य डा टकराज गुरुङलाई नै अनुशासनको कारबाही गर्न सिफारिस गरेपछि कांग्रेसभित्र विवाद बढेको छ ।
अनुशासनको कारबाहीका लागि सिफारिसमा परेका तुलसी नारायण श्रेष्ठले यसैलाई आधार बनाएर क्षेत्र नं. १ का सभापति विष्णु धिताल र पराजित उमेदवार तथा महासमितिका सदस्य डा टकराज गुरुङसंग स्पष्टीकरण सोधेका छन् ।


No comments:

Post a Comment