scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

माथिल्लो मर्स्याङ्दी-ए जलविद्युत आयोजनाले प्रभावित क्षेत्रको विकासका लागि ४ करोड रुपैया“ खर्चिने

बेसीशहर पुस २ 
करीब १२ अर्वको लागतमा लमजुङको भुलभुलेमा निर्माणको क्रममा रहेकोे ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-ए जलविद्युत आयोजनाले प्रभावित क्षेत्रको विकासका लागि ४ करोड रुपैया“ खर्चिने बताएको छ ।
लामो विरोधपछि बिहीबार वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र्सार्वजनिक गर्दै सो आयोजनाले प्रभावित क्षेत्रको आर्थिक सामाजिक विकास र वातावरणीय प्रभाव न्यूनिकरण गराउनका लागि सो रकम खर्च गर्ने बताएको हो । तर आयोजना प्रभावित क्षेत्रका नागरिकहरुले भने सो रकम अपुग हुने बताएका छन् । 
चिनीया कम्पनी सिनो हाइड्रो र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको संयुक्त लगानीमा निर्माणको क्रममा रहेको यो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ७ बर्षअघि नै तयार भइसकेको भए पनि अहिले र्सार्वजनिक गरिएको हो । स्थानीयबासीन्दा र राजनीतिक दलको दवावपछि हालै आयोजनाले प्रतिवेदन र्सार्वजनिक गरेको हो । 
सो समारोहमा आयोजनाका तर्फाट वातावरणवीद सुवर्ण्र्ााोशीले प्रतिवेदन र्सार्वजनिक गर्दै आयोजनाको निर्माणबाट वातावरणमा पर्ने प्रभावबारे जानकारी गराउनु भएको थियो । 
परियोजनाका कारण जलबायु परिवर्तनमा सघाउ पुग्नुका साथै वायुको गुणस्तरमा समेत प्रभाव पर्ने प्रतिवेदनमा भनिएको छ । साथै भु-क्षयको सम्भावना, पानीका श्रोतहरु सुक्न सक्ने, जैविक असर र सामजिक-आर्थिक तथा सांस्कृतिक वातावरणमा समेत प्रभाव पर्न सक्ने औंल्याइएकोे छ । सो प्रतिवेदनमा विद्युत आयोजना सञ्चालनबाट विभिन्न क्षेत्रमा नकरात्मक असर पर्ने उल्लेख गरीएको भए पनि नकरात्मक असर न्यूनिकरणका लागि गरिने ठोस कार्यक्रम स्पष्ट नपारिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
आयोजनाको निर्माणबाट वातावरणमा पर्न सक्ने प्रभावहरुको पहिचान गर्दै नकरात्मक प्रभावहरुलाई न्युनिकरणका उपायहरुबारे सुझाव संकलन गर्न सुनुवाइ गरिएको बताइएको थियो । 
प्रतिवेदनमा आयोजनामा स्थानीयबासीन्दालाई रोजगारी, आयआर्जनका लागि सीपमुलक तालिम,  वातावरणीय प्रभाव कम गर्न विरुवाहरु रोप्ने र जलाधार संरक्षणका लागि विभिन्न कार्यक्रमहरु गर्ने जनाइएको छ । आयोजनाले प्रभावित क्षेत्रमा विभिन्न विकासका कार्यक्रमहरु सञ्चालन गर्नका लागि स्थानीय सरोकार समिति गठन गर्न पनि आग्रह गरेको छ । सो आयोजनाले पर्ूवाधार निर्माणको काम शुरु गरेको डेढ बर्षभैसक्दा पनि विवादका कारण सरोकार समिति गठन हुन सकेको छैन ।
प्रतिवेदन र्सार्वजनिक गर्ने समारोहमा आयोजनाको प्रमुख हिस्सेदार चिनीया कम्पनी सिनो हाइड्रोका प्रबन्धक लिऊ सिन फङले प्रभावित क्षेत्रका स्थानीयका मागका सम्बन्धमा आयोजना सकरात्मक रहेको र आपसी सहमतिबाट प्रभावित क्षेत्रका बासीन्दाको जायज मागलाई सम्बोधन गरिने प्रतिबद्धता जनाउनु भएको थियो ।
भुलभुले गाविसको ङादी दोभानमा बा“ध बनाएर ६.५ किलोमिटर लामो सुरुङबाट भुलभुलेको वडा नं ३ मा पर्ने मर्स्याङदी नदी किनारामा आयोजनाले बिद्युतगृह निर्माण आयोजनाबाट ५० मेगावाट क्षमताको विद्युत उत्पादन हुने बताइएको छ । १२ अर्ब रुपैया“को लागत लाग्ने अनुमान गरिएको सो आयोजनाबाट २०७३ असोज सम्म निर्माणको सबै काम सकी विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनामा चिनीया कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत शेयर छ । चिनीया कम्पनीले नेपालमा पहिलो पटक यसै आयोजना मार्फ जलविद्युत क्षेत्रमा हात हालेको हो । 

No comments:

Post a Comment