बेसीशहर- लमजुङ मर्स्याङदी युवा क्लबले क्षत्रि्रस्त भएको बेसीशहरको सडक एक हप्ता भित्र मर्मत सम्भार गर्न चेतावनी स्वरुपको ज्ञापन पत्र सम्बन्धित निकायमा पठाएको छ ।
क्लवले लमजुङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीलाई ज्ञापन बुझाउ“दै सडक मर्मतका लागि पहल गरिदिन आग्रह गरेको हो । क्लवका अध्यक्ष सुरेश प्रधानसहितको टोलीले जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।
बेसीशहरको सडक ठाउ“ ठाउ“मा क्षत्रि्रस्त भएको धेरै समय भए पनि मर्मतमा कुनै पक्षले चासो नदिएकोमा विज्ञप्तीमार्फ विरोध जनाइएको छ । सम्बन्धित पक्षलाई खबरदारी गर्न ज्ञापन पत्र बुझाइएको क्लवले जनाएको छ । लामो समयदेखि क्षत्रि्रस्त सडक मर्मत गर्नुपर्ने दायित्व बोकेको सडक डिभिजन कार्यालयको उदासिनताका कारण बेसीशहरको बजार धुलाम्मे भएको र सोही कारण स्थानीयको स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको प्रति क्लवले ध्यानाकर्षा गराएको छ ।
लमजुङ जिल्लाका विभिन्न सञ्चालन भएका जलविद्युत आयोजनामा प्रयोग भएका ठूला र भारी सवारी साधनका कारण समेत समस्या उत्पन्न भएको पनि ज्ञापन पत्रमा जनाइएको छ । सडकको धुलो धुवा“ले नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परेको र ठेकेदारको लापरबाहीले मर्मत प्रक्रिया अघि बढेर रोकिएको प्रति ज्ञापन पत्रमा असन्तुष्टि जनाइएको छ ।
क्लवले ज्ञापन पत्रमार्फ तत्काल सडक मर्मत गर्न र अत्याधिक भार बहन गरेका जलविद्युत आयोजनाका भारी सवारी साधन संचालनका लागी उचित र बैकल्पिक व्यवस्था गरी स्थानियबासीको स्वास्थ्य र जिउधनको सुरक्षाका लागि पहल गरिदिन प्रशासन समक्ष अनुरोध गरिएको छ । ज्ञापन पत्रमा बेसीशहरको कालोपत्रे सडक आधा भन्दा बढी भत्केकाले जुनसुकै समय दर्ुघटना हुन सक्ने खतरा उजागर गरिएको छ ।
क्लवले एकसाताभित्र सडक मर्मत सम्भारको काम शुरु नगरे जुनसुकै कदम पनि चाल्न सकिने प्रति प्रशासनको ध्यानाकर्षा गराएको र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थित्रि्रति पनि सजग गराएको छ ।
मर्स्याङदी क्लवको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले तत्काल मर्मत प्रक्रिया अघि बढाउन सडक डिभिजन कार्यालय तनहु“लाई निर्देशन दिने बताउनु भएको थियो ।
No comments:
Post a Comment