scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

बेसीशहरमा अत्याधिक युवाहरुले मन पराएको बजाज मोटर साइकलको आधिकारिक शो-रुम

बेसीशहर- लमजुङ सदरमुकाम बेसीशहरमा अत्याधिक युवाहरुले मन पराएको बजाज मोटर साइकलको आधिकारिक शो-रुम खुलेको छ ।
नेपालका लागि बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बेसीशहरको ग्लोबल अटो लिंकको नया“ शो-रुमलाई आधिकारिक शो- रुमको मान्यता दिएको हो । यस अघि ग्लोबलले डिलरको रुपमा बजाज मोटरसाइकलको विक्री गर्दै आएको थियो । शनिबार बेसीशहरमा आयोजित एक कार्यक्रमकाबीच बजाजका महाप्रबन्धक  चिरञ्जीवी शाहले शो-रुमको उद्घाटन गर्नुभयो । सो अवसरमा शाहले नेपालको दर्ुइपांग्रे सवारीको बजारलाई बजाज कम्पनीले आधुनिकीकरण गरेको दावी गर्नुभयो ।
 बेसीसहरका उत्साही युवा विनोद श्रेष्ठद्वारा सञ्चालित शो-रुम उद्घाटन कार्यक्रममा विशेष अतिथि लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भेषबहादुर पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले नया“ शोरुमको सफलताको शुभकामना दिनुभएको थियो ।  कार्यक्रममा लमजुङ उवासंघका संस्थापक अध्यक्ष तिलकबहादुर पौडेल, बेसीसहर नगर विकास समितिका अध्यक्ष जीवनकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो । 
सो अवसरमा बजाज कम्पनीको तर्फाट शुरुमा आरटीजेड, सन्नी लेजेण्ड नामक दर्ुइपाङ्ग्रे सवारीबाट व्यावसायिक शुरुआत गरेको बजाज ब्राण्डले विस्तारै फोरएस च्याम्पियन, क्यालिबर, पल्सर हु“दै एभेन्जरसम्म आइपुगेको छ । हाल नेपाली बजारमा बजाज ब्राण्डमा ११ मोडलका मोटरसाइकलहरु बजारमा ल्याएको बताइएको थियो । कम्पनीले सन् २००१ मा पहिलोपटक नेपालमा पल्सर मोटरसाइकल भित्रयाएको र यसले तहल्का मच्चाएको दावी कार्यक्रममा गरियो । त्यसैगरि ब्यवासयको साथमा कम्पनीले देशका विभिन्न भागमा सामाजिक उत्तरदायित्वका काम पनि गर्दै आएको जनाइएको थियो ।
नेपाली बजारमा बजाज कम्पनीका मोटरसाइकल ग्राहकहरुले अत्यधिक रुचाएको र नेपालका लागि नम्बर १ ब्राण्ड बन्न सफल भएको दावी पनि सो अवसरमा गरियो । कार्यक्रममा शोरुम सञ्चालक विनोद श्रेष्ठले बजाजका मोटरसाइकलमा उत्कृष्ट डीटीएसआई इञ्जिन, एकजष्ट टेक टेक्नोलोजी, डिजिटल कन्सोल, राइड कण्ट्रोल स्वीचजस्ता विशेषता रहेको बताउनुभयो ।

No comments:

Post a Comment