scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

लमजुङ क्याम्पसमा अबदेखि पठन पाठन अबरुद्ध हुन नदिन आचार संहिता लागू

बेसीशहर-विद्यार्थी संगठनबीच हुने पटक पटकका झडपका कारण बन्द हु“दै आएको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसमा अबदेखि पठन पाठन अबरुद्ध हुन नदिन आचार संहिता लागू गरिएको छ ।  
विद्यार्थी संगठनका बीच भएको झडपमा एक दर्जन विद्यार्थी घाइते भएपछि विगत साढे दर्ुइ महिनादेखि बन्द रह“दै आएको नेपालका तीनवटा कृषि क्याम्पस मध्येको यस क्याम्पसको प्रशासनले विद्यार्थीहरुलार्इ् १४ बु“दे आचारसंहिता लागू गराउ“दै आइतबारदेखि पठनपाठन सुचारु गरेको छ ।
बन्द कृषि क्याम्पसका विद्यार्थी र क्याम्पस प्रशासनबीच क्याम्पस सुचारु गर्ने विषयमा भएको सहमतिसंगै आइतबारदेखि पठनपाठन शुचारु गरिएको क्याम्पस प्रमुख डा. लालप्रसाद अमगाइ“ले बताउनुभयो । सहमति पछि मंसिर १४ गते क्याम्पसको प्रशासन खुलेकोमा १९ गतेदेखि क्याम्पसका छात्रावास पनि खुलाईएको थियो । क्याम्पस प्रशासन खुलेको ९ दिनपछि र छात्राबास खुलेको ४ दिनपछि क्याम्पसमा आइतबारदेखि पठानपाठन शुरु भएको हो ।
गएको असोज ९ गते राती र १० गते दिउसो विद्यार्थीहरुबीचको कुटपिटको घटनालाई लिएर बन्द भएको क्याम्पस विभिन्न सहमतिपछि खुलेको र पठन पाठन नियमित रुपमा संचालनमा आएको हो ।
क्याम्पसमा विशेष गरी अनेरास्ववियू क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुबीच बेला बेलामा विभिन्न विषयमा झगडा भईरहने र सोही निहू“मा तिी संगठन सम्बद्ध दलका र्समर्थक तथा कार्यकर्ताहरुले बाहिरबाट क्याम्पसमा गई आक्रमण गरी शैक्षिक संस्थामा अराजकता निम्तिएको भन्दै क्याम्पसले आचार संहिता बनाएको हो ।
आचार संहिता उल्लंघन भएमा क्याम्पसले कडा कारबाही गर्ने नियम समेत बनाइएको छ । जस अनुसार अबदेखि छात्रावास वा क्याम्पस हाताभित्र मद्यपान, धुमपान र कुनै किसिमको लागु पदार्थको सेवन र ओसार प्रसार तथा छात्रावासभित्र विद्यार्थी बाहेक अन्य कसैलाई पनि प्रवेश नदिने नियम बनाइएको छ । विद्यार्थीहरुका साथी वा नातेदार भेटन आएमा क्याम्पस बाहिरै भेट गर्नुपर्ने र उनीहरुलाई राख्नुपरेमा पहुना घरमा राख्ने ब्यवस्था मिलाइने भएको छ ।  क्याम्पस भित्र कुनै राजनीतिक आस्थाकोे आधारमा कसैलाई गालीगलौज, धम्की वा कुटपिट साथै अपराधिक क्रियाकलपा गर्न नपाईने र यदि त्यस्तो भएमा क्याम्पसबाट निष्कासन समेत गर्न सकिने नियम बनाइएको छ ।
त्यस्तै कार्तिकदेखि फागुनसम्म सा“झ सा“ढे ७ बजेसम्म र चैतदेखि असोजसम्म साढे ८ बजेभित्र छात्राबासमा प्रवेश गरिसक्नुपर्ने नियम बनाइएको छ । आकस्मिक समस्या परेमा क्याम्पस वार्डर्ेेो स्वीकृतिमा मात्रै क्याम्पसको गेट खोल्न सकिने र तोकिएको समयभन्दा ढिलो भएमा आफ्नो वसोवासको ब्यवस्था आफै गर्नुपर्ने नियम पनि बनाइएको छ । 
त्यसैगरि क्याम्पस हाताभित्र कुनै पनि प्रकारको हतियार राख्न नपाईने, क्याम्पसमा एक दिन अनुपस्थिति हुनुपरेमा शिक्षक वा ३ दिन अनुपस्थिति हुनुपरेमा होस्टेल वार्डर्ेेाई जानकारी गराउनुपर्ने, वार्डर्ेेो अनुमति विना एक कोठाबाट अर्को कोठामा र्सन नपाउने र एक कोठाको सामान अर्को कोठामा लान नपाउने नियम पनि बनाईएको छ । यस्तै, जुवातास खेल्न खेलाउन नपाईने र चर्को आवाज दिने साधानहरु राख्न समेत नपाईने नियम बनाईएको छ ।
क्याम्पसभित्र कुनै विद्यार्थीले भौतिक क्षति पुर्‍याएमा अवस्थामा छात्रावासबाट र दर्ुइ पटक भन्दा बढी त्यस्तो गल्ति दोहोरिएमा क्याम्पसबाटै निस्कासन गरिने नियम पनि बनाइएको छ । क्याम्पसबाट कार्वाहीमा परेका विद्यार्थीहरुले राजनीतिक दल र अन्य कसैको आडमा क्याम्पसका प्राध्यापक, वार्डर्ेेर कर्मचारीहरुको चरित्र हत्या वा अन्य क्षति पुर्‍याउने प्रयास गरेमा कानुनी कार्वाहीका लागि अगाडि बढ्न सहमति क्याम्पस प्रशासन र विद्यार्थीहरुबीच भएको छ ।
क्याम्पसले लागू गरेको आचार संहितामा तीनवटै विद्यार्थी संगठनले हस्ताक्षर गरेका छन् । यसमा चित्त नबुझाएका विद्यार्थीहरुलाई छात्रावासमा बस्ने अनुमति नदिने निर्ण्र्ााभएको छ । छात्रावासभित्र अवान्छीत र अराजक घटनामा घटाउने र संलग्न भएका विद्यार्थीहरुलाई घटनाको प्रकृति हेरी कानुनी कारबाही गर्ने विषयमा समेत सहमति भएको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पसमा स्वच्छ शैक्षिक वातावरण कायम राख्न यस प्रकारको आचार संहिता बनाइएको र यसलाई सबैले पालना गर्ने विश्वास राखिएको क्याम्पस प्रमुख डा अमगाइ“ले बताउनुभयो ।


No comments:

Post a Comment