scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, January 5, 2018

त्रिवेणी कप फुटबलको उपाधि बेसीशहर युथ सोसाइटीलाई

बेसीशहर ।


लमजुङमा गत पुस १२ गतेदेखि सञ्चालन भएको प्रदेश नम्बर ४ कै प्रतिष्ठित तथा लमजुङको सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियोगिता २०७४ को उपाधि बेसीशहर युथ सोसाइटीले जितेको छ ।
बुधबार सीशहरस्थित सहजी रंगशालामा भएको अत्यन्त रोचक र प्रतिस्पर्धात्मक प्रतियोगितामा  आयोजक त्रिवेणी युवा क्लवलाई हराउँदै सोसाइटीले उपाधि चुमेको हो ।
निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि ट्राइबेकरबाट हारजीत भएको हो । निर्धारित समयमा दुवै पक्षले गोल गर्ने भरमग्दुर प्रयास गरे पनि सफल हुन सकेनन् । खेल गोलरहित बराबरीमा टुंगिएपछि थपिएको अतिरिक्त समयमा पनि दुवै पक्षले गोल गर्न नसकेपछि खेल ट्राइबेरका गएको हो ।  बेसीशहरको सहजी रङ्गशालामा भएको फाइनल खेलमा आयोजक त्रिवेणी युवाक्लबलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्यो ।
उपाधिसंगै बेसीशहर युथ सोसाइटीले त्रिवेणी कप, नगद ३ लाख रुपैँया, स्वर्णपदक र प्रमाणपत्र पाएको छ । यस्तै उपविजेजा त्रिवेणी युवाक्लबले नगद १ लाख ५० हजार रुपियाँ, रजतपदक र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
विजेता टिमलाई जिल्ला न्यायधिश कोमलप्रसाद आचार्य र आयोजक त्रिवेणी युवाक्लबका अध्यक्ष छविन्द्र गुरुङले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा सार्वेकृष्ट खेलाडी त्रिवेणीका गोलरक्षक आकाश रानाभाट घोषित भए । विजेता बेसीशहर युथ सोसाइटीका गोलरक्षक विमल थापाले उत्कृष्ट गोलरक्षकको उपाधी पाए भने अनुसासित टिमको उपाधी अन्नपूर्ण युवाक्लब नाल्माले पायो ।
खेल अबधीभर सर्वाधिक गोल गरि सुन्दरबजार रातोका इन्द्र दुरा, सामाना युवाक्लब तनहुँ, रड्स फुटबल क्लब चितवनका सावी गुरुङले नगद पुरस्कार र मेडल जिते । सर्वोकृष्ट खेलाडीलाई १५ हजार, अनुसाशित टिमलाई १० हजार र सर्वाधिक गोलकर्तालाई ५÷५ हजार नगद पुरस्कार दिइएको थियो ।
सेमिफाइनल विजेता सुन्दरबजार युवाक्लब र घरपोखरा युवाक्लबले नगद ५०÷५० हजार रुपैयाँ पाएका छन् ।
गत पुस १२ बाट शुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका २३ टिमले सहभागिता जनाएका थिए ।

No comments:

Post a Comment