लमजुङ
लमजुङका दुई जना पत्रकार पुरस्कृत भएका छन् । काठमाण्डौंमा पत्रकार प्रेमकुमारी घले र बेसीशहरमा पत्रकार कृष्णप्रसाद अधिकारी पुरस्कृत हुनु भएको हो । अधिकारीलाई आइतबार बेसीशहरमा पुरस्कृत गरिएको हो भने घले तमु तमु सञ्चारकर्मी संघ (एटजोन)ले घलेलाई काठमाण्डौंमा पुरस्कृत गरेको हो ।
मानवअधिकार र पत्रकारिताको क्षेत्रमा क्रियाशील अधिकारीले तेजबहादुर भण्डारी स्मृति खोज पत्रकारिता पुरस्कार पाउनु भएको हो । पुरस्कारको राशी नगद ५ हजार र कदरपत्र रहेको छ । त्यस्तै महिला खबर अनलाइनका पूर्व सम्पादक तथा रेडियो मस्र्याङदीका पूर्व स्टेशन म्यानेजर घले सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको हो । पुरस्कारको राशी नगद १० हजार र ताम्रपत्र रहेको छ ।
तमू(गुरुङ) सञ्चारकर्मी संघले घलेलाई सञ्चार क्षेत्रमा सक्रिय रहि तमू समूदायको समृद्धिका लागि पु¥याएको योगदानको कदर गर्दौ पुरस्कृत गरेको हो । घले सञ्चारिका समूहको महिला खबर डटकमको फिचर संयोजक तथा पूर्व सम्पादक हुन् । विगत १३ बर्षदेखि पत्रकारितामा क्रियाशिल घले यसअघि कान्तिपुर दैनिकका लमजुङ संवाददाताको रुपमा समेत कार्यरत हुनुहुन्थ्यो ।
त्यस्तै झण्डै दुई दशकदेखि पत्रकारिता र मानवअधिकारको क्षेत्रमा क्रियाशील अधिकारीले द्वन्द्धकालीन अवस्थामा पु¥याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो । अधिकारीले माओवादी द्वन्द्धका क्रममा लमजुङ जिल्लामा भएका प्रायः सबै घटनाक्रमलाई समेटेर द्वन्द्ध पाश्र्वचित्रमा लमजुङ नामक पुस्तक प्रकाशन गर्नुभएको छ । पुस्तकमा द्वन्द्धका क्रममा भएका प्रायः सबै घटनाहरु समेटिएका छन् ।
आइतबार बेसीशहरमा आयोजित एक कार्यक्रमबीच अधिकारीलाई नेपाल मानव अधिकार आयोगका आयुक्त मोहना अन्सारी, लमजुङ प्रदेश क बाट प्रदेश सभामा विजयी उमेदवार धनञ्जय दवाडीले नगद पुरस्कार र कदरपत्रले सम्मानित गर्नुभयो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्सारीले द्वन्द्धका क्रममा अधिकारीले पु¥याउनु भएको योगदानको प्रशंसा गर्नुभयो । उहा“ले द्वन्द्धका क्रममा सबै भन्दा बढी पीडित महिला र बालबालिका भए पनि यो विषय उठान हुन नसकेको भन्दै दुःख प्रकट गर्नुभयो । द्वन्द्धपीडितका लागि राम्रो काम हुन नसकेको भन्दै अन्सारीले राजनीतिक दलको दोहोरो चरित्रले द्वन्द्धपीडितहरुप्रति समान ब्यवहार हुन नसकेको दुखेसो गर्नुभयो ।
कार्यक्रममा प्रदेश १ का विजयी उमेदवार धनञ्जय दवाडीले पुरस्कृत ब्यक्तित्व अधिकारीले द्वन्द्धका क्रममा निडर भइ मानवअधिकारको पक्षमा निरन्तर कलम चलाइरहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मोहनहरि पौडेल, जिल्ला समन्वय समितिका संयोजक लोकराज पाण्डे, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी युवराज मैनाली लगायतका वक्ताहरुले मन्तब्य राख्नु भएको थियो । नेपाल पत्रकार महासंघ र सामाजिक न्याय समितिको आयोजनामा भएको कार्यक्रमको अध्यक्ष महासंघ लमजुङका अध्यक्ष आश गुरुङको अध्यक्षतामा भएको थियो ।

No comments:
Post a Comment