scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, January 4, 2018

ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मेयर पाण्डे गाउमा



मध्यनेपाल नगरपालिकाले नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य उपचार गराएको छ ।
स्वास्थ्य केन्द्रमा आइ उपचार गराउन नसक्ने ६० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई नगरपालिकाले घरमै पुगेर स्वास्थ्य परीक्षण गरी उनीहरुलाई आवश्यक पर्ने औषधीसमेत निःशुल्क रुपमा उपलब्ध गराएको हो ।
यस क्रममा नगरपालिकाका वडा नं. ९ बांग्रे, वडा नं. ७ को चिसंकु, वडा नं. ५ को पराजुलीबेसी, वडा नं. ८ को डडुवा, वडा नंं १० हाँडीखोलामा यो अभियान सम्पन्न भएको छ । मध्य नेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डे सहित प्रमुख तथा कार्यकारी अधिकृत उपेन्द्र राज पौडेलसहित चिकित्सकहरुको टोलीले विभिन्न वडामा पुगी वडाका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेको हो । यस कार्यका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका  ७ जना डाक्टरहरुको टोली मध्यनेपालमा आएको मेयर रमेशकुमार पाण्डेले जानकारी दिनुभयो । विशेष गरी ज्येष्ठ नागरिकहरुमा दम, निमोनिया, बाथ, रक्तचाप लगायतका समस्या बढी देखिएको पाइएको छ । चिकित्सकहरुले स्वास्थ्य परीक्षणपछि आवश्यक औषधीका साथमा उनीहरुलाई स्वास्थ्य सम्बन्धी सल्लाह दिने गरेका छन् । जाडोको समयमा दम बढ्ने समस्याले बढी सताउने भएकाले यसबाट बच्न सकिने उपायका बारेमा ज्येष्ठ नागरिकहरुलाई सल्लाह समेत दिइएको छ । साथै जटील अवस्थाका विरामीलाई अस्पतालमा गई उपचार गराउन समेत सल्लाह दिइएको छ ।
नगरपालिकाका प्रमुख पाण्डेले आफू निर्वाचित भएर आएपछि जनताको सुख दुःखमा साथ दिने अभियान अन्तर्गत हरेक ६÷६ महिनामा प्रत्येक वडाहरुमा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । कतिपय ज्येष्ठ नागरिकहरु आर्थिक अभावले उपचार गराउन नपाएका, कतिपयको छोरा बुहारी घरमा नभएर उपचार नपाएका र कतिपय ज्येष्ठ नागरिकहरु अन्य विविध कारणले उपचार नपाएको अवस्था देखिएको मेयर पाण्डेले बताउनुभयो । उहा“ले स्वास्थ्य सेवा पाउनु ज्येष्ठ नागरिकहरुको अधिकार रहेको र उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइ आवश्यक सेवा सुविधा उपलब्ध गराउनु नगरपालिका र आफ्नो कर्तब्य सम्झेर यस्तो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
मेयर पाण्डेले नगरपालिकाको वडा नं. १० हा“डीखोलामा सिटामोलसमेत नभएर ज्येष्ठ नागरिकहरु सामान्य रोगबाट समेत ग्रस्त हुनुपरेको भेटिएको अनुभव सुनाउनुभयो । औषधी लिएर डाक्टरहरुको साथमा नगरपालिकाका मेयर तथा कार्यकारी अधिकृत र वडाअध्यक्षहरु पुग्दा ज्येष्ठ नागरिकहरु औधी खुशी भएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको पाण्डेको भनाई छ ।
“म जनताको सेवा गर्न आएको हू“ त्यसैले सकेसम्म सेवा दिन्छु । सबैको सहयोग लिएर विकास निर्माणका काम देखि सामाजिक सेवा गर्ने प्रण लिएको छु ।” पाण्डेले भन्नुभयो ।
हाम्रो समाजमा ज्येष्ठ नागरिकहरु उपेक्षित छन् । युवाहरु गाउ“मा कम छन् । महिलाहरु गृहस्थीमै बढी तल्लीन हु“दा ज्येष्ठ नागरिकहरुले पर्यप्त स्याहार पाउन सकेका हु“दैनन् । त्यसमाथि पनि विरामी अवस्थाका ज्येष्ठ नागरिकहरुको अवस्था झनै कष्टकर हुने भएकाले यस्ता कार्यक्रम आयोजना गरिएको मेयर पाण्डेले बताउनुभयो । ज्येष्ठ नागरिकहरुको सेवाबाट आफूलाई थप सन्तुष्टि मिलेको उहा“ले बताउनुभयो ।
भोर्लेटार पुस १८

No comments:

Post a Comment