scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, January 5, 2018

अर्को खानेपानी योजनाको काम शुरु,बेसीशहरमा अबको बीस बर्ष खानेपानीको समस्या नुहने



खानेपानी आयोजनाको सिलान्यास गर्दै मेयर अर्याल र उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुमार प्रधान 
बेसीशहर पुस बेसीशहरमा अबको बीस बर्ष खानेपानीको समस्या नुहने गरी अर्को खानेपानी योजनाको काम शुरु गरिएको छ । बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भाचेक खोलाबाट पानी ल्याएर बेसीशहरको पानीको माग पूर्ति गर्न लागेको हो । हालको खानोपनी अपुग भएपछि समितिले भाचोक खोलाको पानी ल्याएर अबको बीस बर्षसम्मका लागि खानेपानीको आपूर्ति थेग्ने गरी योजना शुरु गरेको हो । नेपाल सरकारको सहयोगमा समितिले २८ करोड ८३ लाख रुपैयाँको लागतमा खानेपानी योजना शुरु गरेको छ । बेसीशहर सहलगानी खानेपानी आयोजना अबको डेढ बर्षमा सक्ने लक्ष्यका साथ काम अघि बढाइएको समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताउनुभयो ।
आयोजनाको कूल लागतमध्ये सरकारले ७० प्रतिशत लगानी गरेको छ । बाँकी ३० प्रतिशत रकम समितिले आफ्नो लगानी गर्नेछ । यसका लागि समितिले उपभोक्ताहरुसंग सहयोग संकलन शुरु गरेको छ । आयोजनाका लागि लगानी जुटाउनका लागि समितिले उपभोक्ताहरुलाई किस्ताबन्दीमा रकम जम्मा गरिदिन आग्रह गरेको थियो । केही बर्षपछि बंैकले दिने ब्याजदर सहित उपभोक्ताको रकम फिर्ता गर्ने गरी समितिले योजना बनाएको थियो । खानेपानीको खपतका आधारमा उपभोक्ताहरुलाई बर्गिकरण गरी समितिले सोही अनुसार सहयोग संकलन गरेकोमा अधिकांश उपभोक्ताले रकम समितिमा जम्मा गरिदिएका छन् ।
सो रकम खानेपानीको शुल्कमा समेत समायोजन गर्न सकिने गरी समितिले योजना बनाएको थियो । हाल खानेपानीको अभाव बेला बेलामा सिर्जना हुने गरेकोमा यसका समाधानका लागि समितिले अर्को आयोजना थप गरी नगरबासीलाई सहज ढंगले खानेपानी उपलब्ध गराउन शुरु गरेको प्रयासलाई सकरात्मक रुपमा लिइएको छ ।
यो आयोजनाबाट बेसीशहर बासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन शुद्धिकरणका बिधिहरु पनि अपनाइने छन् । समितिका अनुसार प्लेन सेडिमेन्टेशन, रफिनिङ फिल्टर, स्लोस्याण्ड फिल्टर, क्लोरेशन च्याम्बर आदि निर्माण गरिने छन् । भाचोक खोलाको पानीलाई बाँझाखेत र बेसीशहरमा गरी ५ सय घनमिटरका छुट्टाछुट्टै दुईवटा ट्यांकी निर्माण गरिने छन् ।
आयोजनाको निर्माण सम्पन्न भएपश्चात बेसीशहरमा हिउँदमा पनि खानेपानीको अभाव नहुने उपभोक्ता समितिका अध्यक्ष प्रधानले बताउनुभयो ।
आयोजनाको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बुधवार शिलन्यास गर्नु भएको छ । यद्यपी महादेव खिम्ति पराजुली जेभीले ठेक्का लिएको सो आयोजनाको निर्माण कार्य यस अघि नै शुरु भैसकेको थियो । बाँझाखेतको देउजनथोक गाउँ नजिकै आयोजनाको काम भइरहेको छ । शिलन्यास कार्यक्रममा बोल्दै मेयर अर्यालले खानेपानी आयोजनाको लागत स्टेमेट अनुसार समयसिमाभित्र सक्न र गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनियर जगरनाथ दासले खानेपानी आयोजनाको लागत स्टेमेट र निर्माण गरिने संरचनाका बारेमा जानकारी गराउनु भएको थियो ।

No comments:

Post a Comment